स्वतन्त्रका आर.वी.को पाँचौ कविता कृति सार्वजनिक

आदर्श समाज सम्वाददाता
श्रावण ११, २०७६
News. Palpa

पाल्पा ११, साउन । स्वतन्त्र पत्रकार संघ पाल्पाका कार्यसमिति सदस्य कवि आर.वि.निश्चलको कविता कृति ‘किस्ताकिस्तामा जिन्दगी’को शनिबार सार्वजनिक भयो । प्रा.डा. हिरण्यलाल ज्ञवालीले धवल पुस्तकालयमा कविको कृति विमोचन गरेका हुन् ।

कार्यक्रममा उनले कृति विमोचन गर्दै कविको चेतना निर्भिक रूपमा आध्यात्मिक चिन्तनमा केन्द्रित रहेको र कविको सिजृनशील प्रतिभा परिष्कृत हुँदै गएको औंल्याए । डा. ज्ञवालीले ‘कविता भावनाको बौद्धिक उमंग हो’ भन्दै कविका कृतिमा जातीय विभेद, जीवनदर्शनका विषय ओजिलो रूपमा समेटिएको जनाए । समीक्षक डा. शंकर गैरेले लय, अनुप्रास र उपमा अलंकारको प्रयोगको दृष्टिकोणले कविता बलियो भएको जनाए । उनले कवितामा स्वच्छन्दतावादी प्रवृति, मानवजीवनका विकृति विसंगतिप्रतिको दृष्टिकोण र दार्शनिकतासँग नजिक रहेर कविले कविता सिर्जना गरेको जनाए ।

विशिष्ट अतिथि साहित्यकार चोलेश्वर शर्माले कविको सिर्जना सार्वजनिक भएपछि सवैको साझा सम्पत्ती हुने भन्दै कुशल शिल्पीको सिर्जना कविता सिर्जनामा हुनुपर्ने भन्दै कवितामा विषयवस्तुको सिलसिलाको राम्रो प्रबन्ध हुनुपर्नेमा जोड दिए । त्रिभूवन वहुमुखी क्याम्पस पाल्पाका क्याम्पस प्रमुख जीवनबहादुर थापाले साहित्य र्सिजनालाई प्रतिभा चाहिनेमा जोड दिदै कवि आर.वी.को कविता कृतिले सिंगो नेपाली वाङ्मयको क्षेत्रमा नयाँ इतिहास बनाउने आशा व्यक्त गरे ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै समाजसेवी डुलबहादुर कुँवर, साहित्यकार नारायण अधिकारी, वरिष्ठ पत्रकार मेघराज शर्मा, कविका आफन्त तारा रसाइलीले कविता संग्रहमा समसामयिक र मानवता केन्द्रित विषयवस्तु समेटिएको औंल्याए ।

धवल पुस्तकालयका अध्यक्ष युवराज पौडेल, सञ्चालक राजेशकुमार अर्याल र कोषाध्यक्ष सन्तोष खनालले पनि सर्जक सहित कार्यक्रमका सहभागीलाई स्वागत सहित धन्यवाद ज्ञापन गरे । सर्जक आर.वि.ले २०७३ पौष ११ देखि २०७५ माघ ११ सम्म रचिएका ३८ वटा कविताहरू समेटेर कृति तयार पारेको भन्दै आफूलाई उत्साह भर्नेहरूलाई आभार व्यक्त गरे ।
पाल्पा पालुङ्गमैदानीका कवि रामबहादुर वि.क. (आर.वी.निश्चल) साहित्य कर्मका अलावा शिक्षण पेशामा पनि प्राध्यापकको भूमिकामा आवद्ध छन् । मञ्जरी पब्लिकेशनले बजारमा ल्याउको कविता संग्रह किस्ताकिस्तामा जिन्दगी कविको पाँचौ कृति हो ।

Related News

सम्बन्धित समाचार

  • बेलायतमा ‘प्रकट’ र ‘पारिजात’को स्मरण

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास बेलायत शाखाले साउथ ह्यारोमा विविध कार्यक्रमका साथ साहित्यकार प्रकट पगेनी शिवको श्रद्धान्जली सभा…
  • ७ श्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रकृति र संस्कृतिको माध्यमबाट पोखरामा पर्यटकको आगमन बढाउन सकिने बताउनुभएको छ । शनिबार गण्डकी…
  • नरहरिको उपन्यास ‘शान्ति’ लोकार्पण

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । शिक्षासेवी तथा साहित्यकार नरहरि भट्टराईको शान्ति नायक उपन्यास शनिबार लोकार्पण गरिएको छ । शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गरेको…
  • ‘क्यानभास’ मा धार्चेको कलासंस्कृति र भूगोल

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    काठमाडौं । मनास्लु र गणेश हिमाल आरोहण पदमार्गको प्रवेशद्वारका रूपमा रहेको गोरखाको धार्चे गाउँपालिकाका कलासंस्कृति र भूगोललाई ‘क्यानभास’ मा उतारिएको…
  • गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन् । गण्डकी प्रज्ञा–प्रतिष्ठानले तेस्रो वार्षिकोत्सवको…

hero news full width