‘च च हुई’ को प्रदर्शन मंसिरमा

आदर्श समाज सम्वाददाता
श्रावण ४, २०७६
cha-cha-hui-

पोखरा । चलचित्र ‘च च हुई’ मंसिर ६ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

यसअघि, कार्तिक २९ गतेबाट प्रदर्शनमा ल्याउने तयारी गरिएको भएपनि बितरकसँगको सम्झौतापछि मंसिर ६ गतेलाई ‘च च हुई’ प्रदर्शन मिति फाइनल गरिएको हो ।

साम्तेन भुटियाको निर्देशनमा बनेको चलचित्रमा आर्यन सिग्देल, मिरुना मगर, माओत्से गुरुङ, भोलाराज सापकोटा, पुस्कर गुरुङ, बबिता मल्ललगायतका कलाकारको अभिनय छ । चलचित्रमा सुशन प्रजापतिको छायांकन, राजनराज सिवाकोटी र रोशन थापाको संगीत, सिजन दाहाल, सन्देश अर्यालको लेखन रहेको छ ।

‘एजीएल इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण भएको चलचित्रमा अमृत घोले लामाको लगानी रहेको छ । निर्देशक भुटियाले यसअघिका चलचित्र भन्दा ‘च च हुई’ नितान्त फरक र कमर्सियल चलचित्र बनाएको दाबी गर्दै आएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width