‘सुपर गोर्खे’ साउनको १० गतेबाट प्रदर्शन

आदर्श समाज सम्वाददाता
श्रावण २, २०७६
Super Gorkhe

पोखरा । अभिनेत्री ऋचा सिंह ठकुरीको सिनेमा ‘सुपर गोर्खे’को प्रदर्शन मिति घोषणा गरिएको छ ।

यही साउनको १० गतेबाट ‘सुपर गोर्खे’ को प्रदर्शन हुने भएको हो । लामो समयदेखि पोष्ट प्रोडक्सनमा थन्किएको सिनेमा ‘सुपर गोर्खे’ को प्रदर्शन मिति पटक पटक सर्दै आएको थियो ।

विवाहपछि लामो समय सिनेमा क्षेत्रबाट टाढा रहेकी ऋचा सिंह ठकुरी ‘सुपर गोर्खे’बाट कमव्याक गर्दैछिन् । ऋचाले नेपाली सिने क्षेत्रमा ‘नाई नभन्नु ल’बाट डेव्यु गरेकी हुन् ।

सिनेमा ‘सुपर गोर्खे’मा निर्देशक राज थापाले निर्देशन गरेका छन् । निर्देशक थापाका अनुसार अब साउन १० गतेबाट सिनेमा रिलिजको मिति पर नसर्ने बताउँदै आएका छन् । यस सिनेमामा ऋचा सिंह ठकुरी, सुरज सिंह ठकुरी, निराजन लुइँटेल, भूपेन्द्र क्षत्री, भानु विष्ट, सचिन केसी, उत्तम विष्ट, मनोज राईलगायतका कलाकारको अभिनय छ ।

इश्वरी सिंह ठकुरी र सुदिपजंग थापा लगायतको लगानी रहेको सिनेमालाई सौरभ लामाले छायांकन गरेका छन् । राज थापाको कथा रहेको सिनेमाको पटकथा तथा संवाद किरण माइकलले तयार पारेका हुन् । ताराप्रकाश लिम्बु र फिलिप जोनको संगीत, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको सिनेमालाई बनिष शाह र सालिक दुलालले सम्पादन गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width