उदित नारायण झाको ‘श्री हजुर होशमा बेहोशी’

आदर्श समाज सम्वाददाता
श्रावण १, २०७६
Shree Hajur Hoshma Behoshi by Udit Narayan Jha

पोखरा । लामो समयपछि लोकप्रिय गायक उदित नारायण झा नयाँ गीत लिएर नेपाली गीत बजारमा आएका छन् ।

‘श्री हजुर होशमा बेहोशी’ बोलको गीत लिएर उदित नारायण नेपाली गीत बजारमा आएका हुन् । सत्याकृत ब्यण्डले उक्त गीतलाई प्रस्तुत गरेको हो । नेपाली सुुगम संगीतमा उदित नारायणले गीतमा कणप्रिय स्वर भरेका छन् ।

‘श्री हजुर होशमा बेहोशी’ बोलको गीत विजय गौतमको शब्द तथा संगीत तथा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ । गीतको म्यूजिक भिडियो निर्देशन र सम्पादन पनि स्वयं विजय गौतमले नै गरेका हुन् । गीतको गीतको रेकर्डिङ, मिक्सिङ, मास्टरिङ र म्युजिक भिडियोसमेत सबै काम मुम्बइमै गरिएको हो ।

सत्याकृत ब्याण्डको निर्माणमा बनेको उक्त भिडियो आत्मरञ्जन नामक युटुब च्यानलमा रिलिज गरिएको छ । गायक झाले गाएको उक्त गीत श्री हजुर नामको महिमामा आधारित रहेको सत्याकृतले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width