लमजुङ, ३० असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटीका सदस्य एवम् सांसद योगेश भट्टराईले नेपालको नगदेबालीको रूपमा स्थापित अलैंची खेतीको प्रवद्र्धन कार्यमा सारकारले ध्यान दिनुपर्ने बताएका छन् । उनले नेपाल अलैंची व्यवसायी महासंघ लमजुङको दोश्रो जिल्ला अधिवेशनको उदघाटन गर्दै यस्तो बताएका हुन् ।
नेता भट्टराईले नेपालमा उत्पादित अलैँचीले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्नुका कारणको विश्लेषण गर्दै अवैज्ञानिक कृषि पद्धति, मुलुकको अस्पष्ट कृषि नीति र प्रष्ट जमिनको उपयोगिताको नीति नहुँदा कृषकहरूलाई मर्का परेको बताए । उनले दुर्ई प्रतिशत कृषिमा आधारित जनसंख्या रहेको अमेरिकाले आत्म निर्भर भई विदेशमा निकासी गर्छ हामी कहाँ ६५ प्रतिशत जनसंख्या कृषिमा निर्भर हुँदा पनि आयात गर्नु पर्ने स्थिति किन भएको छ यसतर्फ ध्यान दिन अब ढिला गर्नु हुँदैन भने ।
उनले किसानले पनि उत्पादनको गुणस्तरीयतामा ध्यान दिन आवश्यक रहेको र राज्यकातर्फबाट प्राविधिक सहयोग सहित बजारको सुनिश्चित हुने वातावरण सिर्जना गर्नु पर्छ भने । उनले नेकपाको सरकारले तेस्रो मुलुकमा सिधै अलैंची निर्यात हुने वतावरण बनाउने कार्यमा सघाउने प्रतिवद्धता व्यक्त गरे ।
राज्यले व्यवसायिक कृषिका लागि लगानी गर्नुपर्ने आवश्यकता रहेको उनको धारणा थियो । नेता भट्टराईले भने, जुन राज्यले कृषिमा उचित लगानी गर्न सक्दैन त्यसले आर्थिक समृद्धि गर्न नसक्ने र कुनै समयमा भोकमरीको समस्या समेत भोग्नु पर्ने चेतावनी दिए । स्थानीय तहले अलैंचीको विषयलाई पाठ्यक्रममा समेत समावेश गर्न आवश्यक रहेको औल्याएका थिए ।
कार्यक्रममा नेपाल अलैंची व्यावसायी महासंघका केन्द्रीय अध्यक्ष राजकुमार कार्कीले अलैंचीको मूल्य उतारचढाव हुँदा किसानहरू मर्कामा परेको बताए ।
उनले नेपालमा उत्पादन हुने अलैंचीको मूल्य भारतले तोक्ने प्रवृत्तिको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गरेका थिए । उनले भने, नेपालबाट बाहिरी मुलुकमा प्रत्येक वर्ष ६ अर्वको अलैंची निर्यात हुँदै आएको छ । तर त्यसले अलैँचीका व्यवसायी किसानलाई सन्तुष्ट बनाउने सकेको छैन, यसको कारण खोजिनु पर्छ उनले भने ।
नेपाल अलैंची व्यावसायी महासंघ गण्डकी प्रदेशका संयोजक अजय तामाङले नेपालको ४२ जिल्लामा अलैंची खेती गरिएको जानकारी दिए । उनका अनुसार लमजुङका साविकका ४० गाविसमा लगाइएको अलैंची खेतीबाट यस वर्ष ७ सय ५० क्विन्टल अलैंची उत्पादन भएको छ ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लमजुङका प्रतिनिधि कृष्णप्रसाद अधिकारी, नेपाली कांग्रेसका जिल्ला सचिव हरि बराल, बेसीशहर नगरप्रमुख गुमानसिंह अर्याल, अलैंची व्यवसायी महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेल, पत्रकार महासंघ केन्द्रीय सदस्य नवीनराज कुँइकेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
फोटो छ ।
Related News
सम्बन्धित समाचार
मेला हेरे मोबाइल !
ड्याडिज किचनका २२ शाखा बिस्तार, पोखराको चिप्लेढुंगामा पनि उद्घाटन
राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
hero news full width
मुख्य समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
माघ १०, २०८१बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१