जरोटुप्पोले सम्झ्यो आदिकविलाई

आदर्श समाज सम्वाददाता
असार २८, २०७६
Bhanu Jayanti News photo

पोखरा, २८ असार । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले २०६ औं भानुजयन्ती विशेष कार्यक्रमका साथ मनाएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै जरोटुप्पो संरक्षण साहित्य समाजका अध्यक्ष डा नारायणप्रसाद अधिकारीले नेपाली वाङ्मयको जरो भानुभक्तलाई सम्झेर पृथ्वीनारायण क्याम्पसको भानुपार्कबाट वाङ्मयिक यात्रा शुरु गरेको संस्थाले पहिलो कार्यक्रम पनि भानुजयन्ती विशेष राखेको बताए ।

कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका भानुभक्तको शालिक स्थापनाका मुर्धन्य व्यक्तित्व विश्वमोहन गौचनले यसरी नयाँ परिवेशमा भानुभक्त आचार्यको पुर्नमूल्याङ्कन थालिएकोमा आभार प्रकट गरे ।प्राज्ञ रमेश श्रेष्ठले आदिकवि भानुभक्त आचार्य कहिल्यै नअस्ताउने सूर्य भएका कारण उनको योगदानको जति चर्चा गरे पनि कम हुने बताए ।कार्यक्रममा प्राडा रविलाल अधिकारीले माक्र्सवादीहरुले भानुभक्त आचार्यलाई हेर्ने दृष्टिकोणमा हाल उल्लेख्य रूपमा परिवर्तन आएको स्मरण गरे ।

प्राडा विष्णुप्रसाद पौडेल भानुको सम्झनामा हुने कार्यक्रम औपचारिकता लागि श्राद्ध गरे जस्तो गर्नुभन्दा सिर्जनात्मक रुपमा आयोजना गर्न आवश्यक रहेको धारणा राखे ।
कार्यक्रममा प्राडा लेखनाथ अधिकारी, प्राडा कुसुमाकर न्यौपाने, डा यमनाथ तिमिल्सिना, डा जगन्नाथ रेग्मी, डा शरण आँसु, हेमजा साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद पौडेल, अली मियाँ लोकवाङमयप्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ, लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्यराज ढकाल, प्राज्ञ सूर्य खड्का बिखर्चीलगायतले भानुभक्त र नेपाली वाङमयका बारेका अभिव्यक्ति राखेका थिए ।

कार्यक्रममा शुक्ला साहित्य समितिका अध्यक्ष सुमन पौडेल, सिर्जना साहित्य सदन घाचोकका भानुभक्त अविरल, लघुकथा समाजका सचिव कल्याण पन्त, साहित्यकार किरण बास्तोला, धर्मराज अल्पायु, मनिषा तामाङ, सोनिया तामाङ आदिकविप्रति श्रद्धासुमन अर्पण गरेका थिए । यस्तै, गीताञ्जली साहित्य परिवारका उपाध्यक्ष रामनाथ अधिकारी, मुकुन्दशरण वाङमय परिषद्का कोषाध्यक्ष शिव त्रिपाठी, जटुसंसासका सदस्य सुमन श्रापितलगायतले रचना वाचन गरेका थिए । कार्यक्रममा संस्थाका कोषाध्यक्ष असफल गौतमले सहजीकरण र संस्थाका सचिव मदन भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । गण्डकीका सांसद जित शेरचन बजेट निर्माणमा फिक्सिङ भएका योजनाहरु अलपत्र परेको बताउँछन् । सरकारले बजेट बनाउँदा सांसदलाई थामथुम…
  • सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’

    रासस माघ ११, २०८१
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यम उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ‘ब्रेक थ्रू’ भएको छ । ‘ब्रेक थ्रू’…
  • राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा बिहीबारदेखि ३३ औं राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव…
  • जनप्रियको वार्षिकोत्सवमा सम्मान

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । जनप्रिय माध्यमिक विद्यालय पोखरा–८, सिमलचौरको ५६ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण समारोह बिहीबार सम्पन्न भयो । कार्यक्रम…
  • खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा, १० माघ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको छैटौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट अध्यक्षमा एम बि आस्था निर्वाचित भएका…

hero news full width