पोखरा, २५ असार । विभिन्न कारणले हिंसामा परेर कष्टकर जीवन बिताउन बाध्य महिलाको सहज जीवनयापनका लागि गण्डकी प्रदेशमा सुरक्षित आवास गृह निर्माण थालिएको छ ।
विभिन्न सरोकारवाला निकायले पटकपटक उक्त आवासगृहका लागि दबाब र ध्यानाकर्षण गराउँदै आएकामा सामाजिक विकास मन्त्रालय र पोखरा महानगरपालिकाको संयुक्त लगानीमा रु एक करोडको लागतमा उक्त महानगरपालिकाको वडा नं ३३ मा यस्ता घर निर्माण भइरहेको नगर उपप्रमुख मञ्जु गुरुङले जानकारी दिइन् ।
निर्माण थालिएका ती भवन निरीक्षण गर्दै गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले ननिन “निर्माण कार्य तीव्ररुपमा भइरहेको रहेछ । भवन निर्माणपछि हिंसापीडित महिलाको उचित व्यवस्थापनमा लाग्नेछाैँ ।”
उक्त भवन बनाउनका लागि गत फागुन २३ गते ती दुई निकायबीच सम्झौता भएपछि वडा नं ३३ मा २० रोपनी जग्गा उपलब्ध गराएर अहिले दुई तलाको भवन र पर्खाल लगाउने काम भइरहेको वडाध्यक्ष शिव आचार्यले जानकारी दिए ।
घरेलु हिंसालगायत शारीरिक र मानसिक हिंसामा परेका महिलाको सुरक्षाका लागि सरकारी तहमा आवास गृह नहुँदा सडकमै जीवनयापन गर्न पीडित महिला बाध्य थिए । महिला बालबालिका र मानसिक स्वास्थ्यमा काम गर्दै आएको ‘कोपिला’ नामक गैरसरकारी संस्थाले केही महिलालाई उद्धार गरेर अल्पकालीन सुरक्षित आवास उपलब्ध गराउँदै आइरहेको छ । हाल सो संस्थाले ३६ हिंसापीडित महिलालाई आश्रय दिइरहेकामा १० वर्षमुनिका बालबालिका पनि छन् ।
सो संस्थाले त्यस्ता महिलाको सुरक्षा, मानसिक स्वास्थ्य उपचार, मनोविर्मश गराउँदै आएको कोपिला नेपालका कार्यकारी निर्देशक बीना सिलवालले बताइन । “हामीले आर्थिक स्रोतको अभाव हुँदा पनि सडकमा महिलाको विचल्ली देखेर उद्धार ग¥र्यौं तर दिनदिनै हिंसामा परेर विक्षिप्त भएका महिला थपिँदै गएकाले अब धान्न नसकिने भयो”, निर्देशक बीना सिलवालले भनिन् “सरकारले भवन निर्माण गरेपछि उचित व्यवस्थापन गर्नेछ भन्नेमा विश्वस्त छौँ ।”
Related News
सम्बन्धित समाचार
‘कोल्ड स्टोरको आलु कुहियो, क्षतिपूर्ति कसले दिने ?’
खर्च जुटाउँदै पोखरामा राउटे
एयरपोर्ट चलाउन पोखरेलीको हारगुहार
पत्रकार महिलालाई डिजिटल साक्षरता अभियान
दलित महिलाको सशक्तीकरण जरूरी : प्रदेश प्रमुख भट्ट
hero news full width
मुख्य समाचार
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१