मोष्ट वान्टेडको सूचीमा रहेका प्रदेश सांसदका श्रीमान् पक्राउ

राजनीतिक पहुँच बढाउँदै अपराध

विक्रम खड्का
असार २२, २०७६
news photo nabin_Fotor

प्रहरीको सर्वाधिक खोजीको सूची (मोष्ट वान्टेड) मा रहेका कपिलवस्तुको मायादेवी गाउँपालिकाको पिपराका नसिम खान (बादशाह) शनिवार काठमाडौंबाट पक्राउ परेका छन्उनी प्रदेश ५ का सांसद फौजिया खानका श्रीमान् हुन्

चन्दा, आतंक, हतियार बेचविखन, अपहर तथा कन्ट्याक किलर हत्या गर्नेसम्म काम गरेकाले मोष्ट वान्टेड सूचीमा रहेका उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको हो

विशे ूचनाका आधारमा राजधानीबाट पक्राउ गरिएको सिआइबीका प्रवक्ता एसपी दिपक रेग्मीले जानकारी दिएअभियुक्तका सबै अपराधको विवरण कपिलवस्तु प्रहरीमा उनलाई विगतको माओवादी द्वन्दमा प्रतिकार समूहका नाममा तत्कालीन मोओवादीका जिल्ला स्तरीय नेताहरु राजेन्द्र तिवारी, प्रे परियार, अकाली धोवी, ज्ञानबहादुर सुनार, शिवपूजन कुर्मीलगायतको हत्या अभियोग पनि लागेको

केही वर्षदेखि फरार अभियुक्त खानले भारतीय भूमीमा बसेर नेपालका लागि अपराधको योजना बनाउँदै आएको बताइन्छ। नसिमलाई कपिलवस्तुमा नसिम वादशाह भनेर पनि चिनिन्छकपिलवस्तु प्रहरीले मोष्ट वाण्टेड सूचीमा राखेका नसिम केहि दिन देखि काठमाडौंमा बस्दै आएको बुझिएको विगतमा विभिन्न शसस्त्र समूहमा रहेर घटना घटाएका खान तराईका शसस्त्र समूहसँग राज्यले गरेको वार्ताका पहलमा हतियार बुझाएर सार्वजनिक भएका थिएतर उनी माथि विभिन्न जघन्य अपराधका मुद्धा दर्ता भएको ती मुद्धाको सिलसिलामा प्रहरीले पुन पक्राउ गर्ने संकेत पाएपछि उनी वर्ष अघि एक सार्वजनिक कार्यक्रममा प्रहरी उपरीक्षक सिडियोको सामुन्नेबाट पुन फरार भएका थिएएक वर्ष अघि मायादेवी का वडाध्यक्ष, फत्ते मोहमद्का वर्षीय छोरा आयान खानको हत्या गरेकोसमेत अभियोग उनीमा लागेको

यता उनकी श्रीमती फौजिया नसिम खान तत्कालिन नेकपा एमालेबाट प्रदेश सभा मा समानुपातिक सांसद बनेपछि उनी सरकारसँग विभिन्न पहल अघि बढाउदै शान्तिपूर्ण राजनीतिमा आउने निरन्तर प्रयास जारी राखेका थिएतर नेकपाको सरकारले उनीसहित अहिले पनि फरार रहेर भारतमै बस्दै आएका प्रितम पाण्डेलगायतलाई तत्काल कुनै ग्रिन सिंग्नल दिएको थिएनविभिन्न माध्यमबाट शान्ति प्रक्रियामा आउने पहलकै लागि राजनधानीमा पुगेको बेला एक होटलबाट नसिम पक्राउ परेको उनको पारिवारिक स्रोतको भनाइ प्रहीले यसको औपचारिक पुष्टि भने गरेको छैन

 ाजनीतिक पहुँच बढाउँदै अपराध

 खानलाई द्वन्द्वकालमा माओवादी कार्यकर्ता हत्या सहित अन्य दर्जनौ आरोप रहेको कपिलवस्तु प्रहरीले जनाएको यसैगरी एक वर्ष अघि मायादेवि का वडाध्यक्ष, फत्ते मोहमदका वर्षीय छोरा आयान खानको हत्या गरेकोसमेत अभियोग लागेको २०७४ फागुन मा आयानको अपहरणपछि हत्या गरी फरार रहेका थिएद्वन्द्वकालमा घटना अस्वीकार नगरे पनि पछिल्लो वर्षीय बालकको हत्या अभियोग राजनीतिक प्रतिशोधले लगाइएको उनले भारतमै नेपालका पत्रकारहरुसँगको भेटघाटमा दावी गरेका थिएअभियुक्त खानले केही समय अघि कपिलवस्तुका एक स्थानीय पत्रकारलाई समाचार लेखेको विषयमा ज्यान मार्ने धम्की पनि दिएका थिए

श्रीमती प्रदे सांसद खानका दुई वटा नागरिकताका विषयमा समाचार आएपछि उनले स्थानीय पत्रकार राघबेन्द्र चौबलाई मार्ने धम्की दिएका थिएपत्रकार चौबले २०७३ साउन २१ गते प्रदेशसभा सदस्य खानसँग भारतीय नागरिकता रहेको समाचार प्रमाणसहित प्रकाशित गरेका थिएमायादेवी गाँउपालिका वडा नं ६ डुमर बस्ने पत्रकार चौबेले जिल्ला प्रशासन कार्यलयसँग सुरक्षा व्यवस्थाको माग गरेका थिएत्यसपछि उनलाई प्रहरीले केही समय सुरक्षाको व्यवस्था समेत गरेको थियो

अपराधमा संलग्न व्यक्तिहरुको राजनीतिक पहुँच हिजोआज समान्य जस्तै बनेको यहीमध्येका एक हुन् खानजसले दर्जनौं अपराधका बीचमा पनि श्रीमतीलाई प्रदेश सांसद बनाई छाडेकेहि समय आफू पनि नेताहरुको अघिपछि हिँड्ने गरेका थिए

तर जब बालकको हत्याको आरोप लाग्यो त्यसपछि भने उनी भूमिगत भएका हुन्द्वन्द्वकालको आरोप उनीमाथी रहेपनि तत्कालिन माओवादी कै नेताहरुले पनि उनलाई अघि पछि लिएर हिँड्न थालेका थिएत्यसले पनि उनकी श्रीमतीले पटक पटक राजनीतिक अवसर पाएकी छन्दुई वटा नागरिकताको विवाद कायमै रहेपनि उनले स्थानीय निर्वाचनमा पनि िकट हात पारेकी थिइन् भने प्रदेशसभामा समानुपातिकमा सफल नै भइन्

Related News

सम्बन्धित समाचार

hero news full width