कोरियन युनिभर्सिटको सहयोगमा भिमादमा अर्गानिक कृषि तालिम

आदर्श समाज सम्वाददाता
असार २०, २०७६
newsp

अर्गानिक खेति गर्ने विषयमा आयाेजित तालिम कार्यक्रम कृषकहरूलाइ अर्गानिक खेतिकाे महत्व र रसायनिक मल प्रयाेग गरेका कृषि उत्पादनले स्वास्थ्यमा पार्ने प्रतिकूल प्रभागका विषयमा अवगत गराउँदै सम्पन्न भएकाे छ । उक्त कार्यक्रमले कृषकहरूलाइ बालीनालीमा लाग्ने राेगकाे निदान गर्न आवश्यक घरेलु औषधि तथा प्राङ्गारिक मलकाे प्रयाेग गरी उत्पादन गर्ने विषयमा आवश्यक ज्ञान उपलब्ध गराएकाे थियाे ।

काेरियाकाे खाङवन नेसनल युनिभर्सिटी र हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेनज एण्ड टेक्नाेलाेजी (हिकास्ट) काे संयुक्त आयाेजनामा तनहुँकाे भिमाद नगरपालिकामा अर्गानिक कृषि तालिम कार्यक्रम सम्पन्न भएकाे हाे । खाङवन युनिभर्सिटी अन्तर्गत रहेकाे इकाेपिस लिडरसिप सेन्टर काे आर्थिक सहयाेगमा गत वैशाख २८ गते तदनुसार मे २५ का दिन कार्यक्रम सम्पन्न भएकाे हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेज एण्ड टेक्नाेलाेजीकाे सहायक प्राफेसर डा. अनुपमा श्रेष्ठले जानकारी दिइन् ।

तालिममा नगरपालिकाकाे ३ वटा छुट्टाछुट्टै गाउँबाट ३५ जना कृषकहरूकाे उत्साहजनक सहभागिता रहेकाे थियाे । भिमाद नगरपालिकाकाे ७ नम्बर वडामा रहेकाे झिंगु राङ्गरूङ्ग नेवाः हाेम स्टेले कार्यक्रम गर्नकाे लागि हल उपलब्ध गराएकाे थियाे भने कार्यक्रममा डा. अनुपमा श्रेष्ठ, विजय सिंह कुँवर तथा नार्कका वैज्ञानिक डा.सुरेन्द्र लाल श्रेष्ठलगायतले प्रशिक्षण दिएका थिए ।

हिकास्टका अध्यक्ष डा. विनायक राजभण्डारी र वडा नं. ७ का वडाअध्यक्ष सूर्य कुमार श्रेष्ठले उद्घाटन गरेकाे कार्यक्रमकाे सन्चालन स्थानीय कार्यक्रम संयाेजक अशाेक कुमार श्रेष्ठले सन्चालन गरेका थिए । काेरियाबाट पिएचडी पुरा गरी नेपाल फर्किएकी डा. अनुपमा श्रेष्ठ नेपालमा कृषि उत्पादनमा जाेड दिनुपर्ने बताउँछिन् ।

Related News

सम्बन्धित समाचार

hero news full width