गण्डकी प्रदेशसभाका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन्। मुख्यमन्त्री तथा नेकपाका प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले विहीवार एक समारोहबीच उनलाई पार्टी प्रवेश गराएका हुन्। मनाङे यसअघि २ पटकसम्म एमाले प्रवेश गरेका थिए।
नेपाली काँग्रेसको पृष्ठभूमिबाट राप्रपा हुँदै उनी तत्कालीन नेकपा एमाले र हाल नेपाल कम्युनिष्ट पार्टीमा छिरेका हुन्। प्रदेश र प्रतिनिधिसभा निर्वाचनअघि काठमाडौंमा जिल्ला अध्यक्ष र चामेमा पार्टीका नेताहरुको हातबाट अबिर लगाएर एमालेमा प्रवेश गरेको उनले बताए। ‘पार्टीमा त म पहिले नै छिरिसकेको हो। एमालेकै सहयोगले चुनाव जितेको हुँ, सबैलाई थाहा छ नि, ’ उनले भने, ‘स्वतन्त्र चुनाव जितेर आएपछि महसुस गरें, साह्रै गाह्रो हुने रहेछ। प्रत्येक कुरामा, जस्तो बजेटमा गाह्रो हुने रहेछ। बिजनेस गरेर बसेको मान्छे, राजनीति कसरी गर्ने भन्ने नै मलाई अलमल छ। सल्लाह कोसँग लिने? अहिले सल्लाह लिन प्रदेश सांसदहरु ४० जना भए। सिंगो पार्टी भयो। अब त सजिलो भयो नि। ’
समाजसेवाकै लागि राजनीतिमा छिरेको उनको भनाइ छ। पार्टी प्रवेशपछि मनाङेले नेपाली काँग्रेसको चर्को आलोचना गरे।
‘काँग्रेस भनेको पार्टी नै होइन। यति चाकडी गर्नुपर्छ त्यहाँ। सबै पार्टीको विधान त राम्रै हुन्छ। तर चलाउने मान्छे भएन, ’ उनी भन्छन्, ‘मजस्तो फ्रष्टेड मान्छे धेरै छ, काँग्रेसमा। म त हिम्मत गरेर आएँ। उनीहरुलाई हिम्मत आएन। ’ मनाङे प्रवेश गरेपछि गण्डकी प्रदेशसभामा नेकपाको दुई तिहाई बहुमत पुगेको छ। अदालतको आदेशमा गएको पुस ६ गते थुनामुक्त भएपछि उनले माघ १४ गते सभामुख नेत्रनाथ अधिकारीसँग प्रदेश सांसदको शपथ लिएका थिए।
३९ सांसद रहेको नेकपामा मनाङेको प्रवेशले ४० सदस्य पुगेको छ। ६० सांसद रहेको गण्डकीमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको १५, राष्ट्रिय जनमोर्चाका ३ (१ निधन), नयाँ शक्तिका २ सांसद छन्। मनाङे मनाङ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए। तत्कालीन एमालेको सहयोगमा निर्वाचित उनलाई जिताउन एमालेले आफ्नो आधिकारिक उम्मेदवार फिर्ता लिएको थियो।
मुख्यमन्त्री गुरुङले मनाङे पनि नेकपाको संसदीय दलको सदस्य भएको बताए। ‘हामीले दीपक मनाङे होइन, राजीव गुरुङलाई भित्र्याएका हौं। वहाँ पनि अब नेकपा संसदीय दलको सदस्य बन्नुभएको छ, ’ उनले भने, ‘वहाँको प्रवेशले हाम्रो दुई तिहाई पुगेको छ। यसलाई महत्वपूर्ण रुपमा हेरेका छौं। उत्साही बनाएको छ। ’ वैकल्पिक राजनीतिक प्रणालीको खोजी गर्न अन्त जानु नपर्ने उनको भनाइ छ। नेत्रविक्रम चन्द नेतृत्वको नेकपा समूह लक्षित गर्दै उनले भने, ‘संसदीय प्रणालीबाट नै समृद्ध मुलुक निर्माण गर्न सकिन्छ। सबै यही बाटोमा आउनुस्। अरु विकल्प छैन। ’ सोही अवसरमा विप्लव समूह कास्कीका सचिवालय सदस्य पुष्प कार्की पनि नेकपा प्रवेश गरेका छन्।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
विश्वासको मतअघि अधिकारी सरकारले वितरण गर्यो ५० लाख आर्थिक सहायता
‘शान्ति छर्न ब्रह्मकुमारी विश्वविद्यालयको योगदान’
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१