उस्तै नामका उद्योग वाणिज्य संघ

आदर्श समाज सम्वाददाता
असार १९, २०७६

सानो शुक्लागण्डकी क्षेत्रमै उस्तै नामधारी संघ गठन हुनु व्यावसायिक हकहितभन्दा पदीय भाग बण्डा नमिल्नु र राजनीतिक गन्ध आएको गुनासो यहाँका व्यवसायीले गरेका छन्।

शुक्लागण्डकीका पुराना व्यवसायीले शुक्लागण्डकी उद्योग वाणिज्य संघ गठन गरेको ३ दिन नबित्दै दुलेगौंडा बजार इकाइ र खैरेनीटार बजार इकाइको आयोजनामा व्यवसायीको भेला बसी अर्को शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ गठन गरिएको छ।

नवगठित संघको तदर्थ समिति अध्यक्षमा हरिकुमार श्रेष्ठ, उपाध्यक्षमा पूर्णकुमार श्रेष्ठ, सचिवमा नारायणकुमार श्रेष्ठ, कोषाध्यक्षमा बिमलप्रसाद रिमाल छन्। सदस्यमा दयाराम पौडेल, प्रेमबहादुर श्रेष्ठ, धनेश्वर श्रेष्ठ, बिर्सना श्रेष्ठ, रघुनाथ पौडेल, विष्णुबहादुर राना र रेशमबहादुर विक छन्।

दुलेगौंडा बजार इकाइ र खैरेनीटार बजार इकाइ समितिको आयोजनामा गठित शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको तदर्थ समिति अध्यक्षमा वसन्त ज्वारचन, प्रथम उपाध्यक्षमा समुन्द्रराम श्रेष्ठ, द्वितीय उपाध्यक्षमा हरिबहादुर खड्का, सचिवमा हरिबहादुर थापा, सहसचिव अर्जुनकुमार श्रेष्ठ, कोषाध्यक्ष वीरेन्द्रकुमार श्रेष्ठ, सदस्यमा ऋषि बस्नेत, राजबहादुर थापा, अमृत घिमिरे, मदन श्रेष्ठ, गोपीकृष्ण तिवारी, पूर्णबहादुर आले, यमलाल भण्डारी, तुलसीकुमारी श्रेष्ठ, बाबुराम कार्की, रजनी थापा, सुमन सापकोटा, शिव विक, ऋषि महत, तुलबहादुर गुरुङ्ग र गिरबहादुर थापा छन्।

सानो शुक्लागण्डकी क्षेत्रमै उस्तै नामधारी संघ गठन हुनु व्यावसायिक हकहितभन्दा पदीय भाग बण्डा नमिल्नु र राजनीतिक गन्ध आएको गुनासो यहाँका व्यवसायीले गरेका छन्। यस्तै खैरेनीटार दुलेगौंडाका व्यवसायीहरुले व्यावसायिक नेतृत्व वर्गलाई विभाजित नभई एकढिक्का भएर अगाडि बढ्नसमेत अनुरोध गरेका छन्। यसले शुक्लागण्डकी नगरपालिकामा उद्योग वाणिज्य संघमा दुई धार प्रष्टै देखिन्छ। साथै नगर उद्योग वाणिज्य संघ हुनको लागि आवश्यक २ हजार सदस्य संख्या दुबै पक्षले पुर्याउन नसक्ने पनि देखिएको छ। भेलालाई सम्बोधन गदै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य देवकुमार श्रेष्ठले व्यवसायीहरुको हकहितको लागि गरिने संस्थामा राजनीति गर्न नहुने बताए। उनले गलत बाटोले कसैलाई हित नगर्ने र उदारताले सफलता मिल्ने जनाए।

Related News

सम्बन्धित समाचार

hero news full width