गण्डकी प्रदेशको बजेटमाथि बहस

आदर्श समाज सम्वाददाता
असार १८, २०७६
dav

dav

पोखरा,१८ असार । सयपत्री समाज कास्कीको आयोजनामा गण्डकी प्रदेशले आर्थिक वर्ष २०७६/०७७ का लागि प्रस्तुत गरेको बजेटमाथि अन्तरक्रिया सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा बजेटमाथिको समीक्षापत्र प्रस्तुत गर्दै प्रा डा यादव शर्मा गौडेलले समयमै खर्च हुन सक्ने गरी बजेट आउनुपर्नेमा जोड दिए । कतिपय कार्यक्रमहरु नारामा मात्र सिमित रहेको भन्दै पूर्ण साक्षर प्रदेशको घोषणा महत्वाकांक्षी भएको, अनौपचारिक अर्थतन्त्र मौलाएको, असारे बजेटको प्रवृत्ति हावी भएको उल्लेख गर्दै पूर्ण कार्यान्वयन भएमा प्रदेशको समृद्धि हुने सम्भावनातर्फ संकेत गरे ।

अर्थशास्त्री आनन्दराज पराजुलीले सहरका आधारभूत आवश्यकता पुरा भएपछि मात्र स्मार्ट सिटी र स्याटलाइट सिटीका कुरामा जानु उपयक्त हुने विचार राखे । बिना सिलवालले पिछडिएको वर्गलाई बजेटले केहि हदसम्म समेटेको तर प्रदेशमा औद्योगिक लगानीमा वृद्धि गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा इन्सेक गण्डकी संयोजक शिव खकुरेलले बजेटले भौतिक विकासलाई मात्र समेटेको तर मानव संसाधनको विकास, मानव अधिकार जस्ता विषयलाई बेवास्ता गरेको र प्रदेशका आवश्यकता प्रदेशभित्रै पुरा गरी आत्मनिर्भरता तर्फ उन्मुख हुनुपर्नेमा जोड दिए ।

पोखरा महानगरका वडा –२ का वडाध्यक्ष रामेश्वर मल्ल र वडा नं १२ का अध्यक्ष रामबहादुर कार्की बजेटको कार्यान्वयनको पक्ष चुनौतिपूर्ण रहेकोमा ऐक्यवद्धता जनाउदै संघ, प्रदेश र महानगरबीच अन्तरक्रिया गर्नुपर्ने आवश्यक रहेकोतर्फ औंल्याए । आर्थिक मामिला मन्त्रालयका खडानन्द पाण्डेले स्थानीय तह र प्रदेशको समन्वयको अत्यन्तै चुनौतिपूर्ण रहेको भन्दै हाम्रा आयोजनाहरुको छनौटको मोडालिटी प्रस्ट रुपमा किटान हुनुपर्ने आवश्यकता रहेको र बजेट खर्च होस् , तर गुणस्तरीय होस् भन्नेतर्फ सजग हुनुपर्ने बताए ।

संस्थाका अध्यक्ष गेहेन्द्रेस्वर कोइरालाको अध्यक्षतामा भएको सो कार्यक्रममा नवराज बराल, शिवप्रसाद गौतम, गोपाल खड्का, भीमनाथ बराल, गिरिधारी सुबेदी, पदम पहारी, कृष्ण तिम्सिना, दिनेशकुमार श्रेष्ठ लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width