चितवन र नवलपरासीमा ट्रक र मोटरसाइकल ठोक्किदा ३ को मृत्यु

आदर्श समाज सम्वाददाता
असार १६, २०७६
22_01_2017-haridwaracci

चितवन, १६ असार । केही दिनदेखि सवारी दुर्घटना वृद्धि भएको छ, दुर्घटनामा मर्नेको संख्या पनि अत्याधिक हुने गरेको छ ।

वढी मात्रामा लोकमार्गमा सवारी साधन एक आपसमा ठोक्किने र ज्यान जाने गरेको छ । पछिल्लो समय धादिङ। नवलपुर र चितवन, काभ्रे, सिन्धुली लगायतका जिल्लामा यस्ता घट्ना वढी हुने गरेका छ । सवारी चलाउदा लापरवाही हुदा वढी यस्ता दुर्घटना हुने गरेको ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।

यसै क्रममा सोमवार विहान मात्र पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको कावासोती–८, स्थित जङ्गलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाले ज्यान गुमाएका छन् भने चितवनमा को मुग्लिन – नारायणगढमा पनि ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

सोमबार बिहान नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख १० नम्बरको ट्रकले नारायणगढतर्फ जाँदै गरेको लु ४९ प ३६२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रुपन्देही देवदह नगरपालिका–७ बस्ने २७ वर्षीय मिलन भट्टराई र मोटरसाइकलमा सवार ३३ वर्षीय तारा पोखे्रलको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि कालीगण्डकी अस्पताल कावासोतीमा लगिएकोमा दुवैजनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिएका छन् ।

त्यस्तै नारायणगढ–मुग्लिन सडकखण्डमा मोटरसाइकल र ट्रक एकापसमा ठक्कर खाँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा मोरङ हरैचाका ३५ वर्षीय राजेन्द्र चौधरी रहेका छन् । घाइते हुनेमा सिन्धुली वुलन्जुका ३५ वर्षीय मुरारीप्रसाद बराल रहेका छन् । घाइते बरालको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बरालको अवस्था गम्भीर रहेको छ । मोटरसाइकललाई ठक्कर दिने ट्रक र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना६ख २६५९ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको बा ८० प ८६५७ नम्बरको मोटरसाइकल भरतपुर महानगरपालिका–२९ खहरे पुलमा आइतबार राति एकापसमा ठक्कर खाएको हो । ठक्कर खाँदा मोटरसाइकल चालक चौधरीको घटनास्थलमानै मृत्यु भएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै