दुर्घटनामा २ काे मृत्यु

आदर्श समाज सम्वाददाता
असार १४, २०७६
DB_Dang_062919_chalakdeath(1)

राजविराज, १४ असार । राजविराज –भारदह सडकखण्ड अन्तर्गत सप्तरीको सकरदही पुलमा मोटरसाइकल ठोक्ँिकदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हनुमाननगर कङ्कालिनी नगरपालिका–११ सखुवा बस्ने २५ वर्षीय अर्जुनराम रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए । सो दुर्घटनामा परी गम्भिर घाइते अर्जुनरामलाई उपचारको लागि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिए पनि उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक रिमालले बताए ।

हनुमाननगरबाट भारदह जानेक्रममा स ४ प ८६२ नं को मोटरसाइकल हनुमानगर कङ्कालनी नगरपालिका– २ स्थित सकरदही पुलमा आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

त्यसैगरी बलेवा, १४ असार । बागलुङको बरेङमा शनिवार बिहान यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बरेङदेखि बागलुङ बजारका लागि छुटेको ध १ ज ४९१ नं को जीप बरेङमा दुर्घटना हुँदा बरेङ गाउँपालिका–३ नयाँ बजारकी ७५ वर्षीया विष्णुमाया खत्रीको मृत्यु भएको हो ।

रोकी राखेको जीप अचानक गुडेर पल्टिँदा खत्रीको मृत्यु भएको र अर्का एक जना घाइते भएका प्रहरीले जनाएको छ । गाडी सुदला चोकमा रोकेर राखेर चालक हीरा काउचा यात्रु बोलाउन बेला गाडी गुडेर पल्टेको थियो ।

मृत्तक खत्रीले जीपबाट हामफाल्दा छातीमा चोट लागेको र उपचारका लागि पाल्पा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीचौकी बरेङ डाँडाले जनाएको छ । दुर्घटनामा हुग्दिशिर बाझाडीकी डेढ वर्षीया टेरिसा परियार घाइते भएकी छिन् । उनलाई उपचारको लागि पाल्पा पठाइएको छ । जीपमा चार जनायात्रु सवार थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै