छात्र– छात्रा राष्ट्रिय फुटवल शुरु

आदर्श समाज सम्वाददाता
असार ६, २०७६
Photo.

पाल्पा ६ असार । शुक्रबारदेखि क्वीक्स अन्तर विद्यालयस्तरीय छात्र छात्रा राष्ट्रिय फुटवल प्रतियोगिता पाल्पामा शुरु भएको छ । जिल्ला खेलकूद संघको आयोजनामा भएको खेलमा छात्र र छात्राको समूह गरी ११ टिमको सहभागिता हुने संघका महासचिव भरत शर्माले जानकारी दिए ।

‘छात्राहरूको सहभागिता यो पहिलो पटक हो’ शर्माले भने, ‘खेलमा छनोट हुने समूह प्रदेशस्तरमा खेल्नको लागि छनोट हुनेछन् ।’ शर्माले प्रदेशस्तरमा समेत छनोट हुने समूहले राष्ट्रिय टिमको खेलमा सहभागी हुन पाउने बताए ।

प्रतियोगिताको शुक्रबार एक कार्यक्रमका बीच तानसेन नगरप्रमुख अशोककुमार शाहीले उद्घाटन गरे । सो अवसरमा बोल्दै उनले खेलकुदको विकासका लागि जिल्लास्तरमा आयोजना गरिएको कार्यक्रम अनुकरणीय रहेको बताए । शाहीले खेलको विकासका लागि नगरपालिकाले विशेष कार्यक्रमहरू गरिरहेको औंल्याए ।

शुक्रबार भएको छात्रातर्फको खेलमा पाल्पा प्यारागन बोर्डिङले प्रिपेटोरी बोर्डिङ स्कूललाई १–० ले हराएको छ । यस्तैगरी छात्रतर्फको खेलमा न्यू होराइन इङ्लिस बोर्डिङ स्कूलले विस्डम बोर्डिङलाई ३–० ले हराएको थियो । यस्तैगरी दोस्रो छात्रतर्फको खेलमा सेन्ट कपितानियो बोर्डिङले २ गोल गर्न सफल भयो भने बेथल बोर्डिङ स्कूलले गोल गर्न सकेन ।

जिल्ला खेलकुद संघ पाल्पाका अध्यक्ष मनोहर थापाको अध्यक्ष र उपाध्यक्ष राजु महर्जनको संयोजकत्वमा खेल चलेको स्रोतले जनाएको छ । स्रोतका अनुसार असार ९ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू विहान र साँझ गरी दैनिक दुई चरणमा सञ्चालन हुनेछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width