पोखरा, ३२ जेठ । पोखरा–९, चिप्लेढुंगा निवासी दुर्गादेवी पौडेलले आफ्ना पतिको स्मृति तिथिमा पोखरा चिसाखोला वेद विद्याश्रम पोखरा–१८, चिसाखोला आश्रममा १ लाख ५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरेकी छन् ।
कार्यक्रममा बोल्दै दाता एवं विद्याश्रम कार्य समिति सदस्य दुर्गादेवी पौडेलले पतिको धार्मिक रुचि र विद्याश्रम प्रतिको सद्भावको स्मरण गराउँदै अक्षयकोषको मूलधनबाट आर्जित व्याजद्वारा विद्याश्रम संचालनमा सहयोग पुग्ने आशा व्यक्त गरे ।
विद्याश्रमका मानार्थ आजीवन संरक्षक डा. त्रिभूवन शर्मा बरालले विद्याश्रमले ज्ञान र विज्ञानलाई विश्वमा चिनाउने कार्य गरेकोमा विद्याश्रम परिवारलाई धन्यवाद दिँदै दाताहरुलाई बधाई समेत दिनु । दाता परिवार अन्तर्गत समाजसेवी बावुराम अधिकारीले वैदिक संस्कार संरक्षणमा आफ्ना ससुरा वुवाको परिकल्पना अनुसार विद्याश्रमले कार्य गरेको भन्दै खुसी व्यक्त गरे ।
विद्याश्रमका मानार्थ प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सिनाले स्व. कलानिधि पौडेल विद्याश्रम स्थापना कालदेखिका सक्रिय सहयोगी, वैदिक सनातन धर्मका संवर्तक तथा शिक्षासेवी रहेको स्मरण गराउँदै वैदिक धर्म संरक्षणमा सबै लाग्नु पर्नेमा जोड दिए। कार्यक्रममा उपाध्यक्ष दुर्गाप्रसाद अधिकारी, प्रअ श्रीराम तिमिल्सिना लगायतले मन्तव्य राखेका थिए ।
विद्याश्रममा आयोजित उक्त कार्यक्रममा संरक्षक अग्निहोत्री पं. केदारनाथ उपाध्यायले आशिर्वाद, विद्यार्थी वटुकहरुले वैदिक स्वस्तिवाचन तथा कार्य समिति अध्यक्ष भगवती अधिकारीलाई दाता दुर्गादेवी पौडेलले अक्षयकोष रकम हस्तान्तरण गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
लायन्स पोखरा आदर्श चौतारीको सहयोग
दशैँमा पिङको मज्जा
राष्ट्रिय पुस्तक नीति महत्वपूर्णः शिक्षामन्त्री
दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
hero news full width
मुख्य समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
असाेज २३, २०८१हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१