अमेरिकी विशेषदूतले जापान र दक्षिण कोरियासँग वार्ता गर्ने

रासस
जेठ १७, २०७६
US-JAPAN-DIPLOMACY-DEFENSE-2+2 MEETING

US Secretary of State Mike Pompeo (R) listens while Japan’s Foreign Minister Taro Kono speaks during a press conference after 2+2 meeting at the US Department of State April 19, 2019, in Washington, DC. (Photo by Brendan Smialowski / AFP) (Photo credit should read BRENDAN SMIALOWSKI/AFP/Getty Images)

उत्तर कोरियाका लागि संयुक्त राज्य अमेरिकी विशेष दूतले यही शनिबार दक्षिण कोरिया र जापानी राजदूतलाई भेट गर्ने भएका छन्।

उत्तर कोरियाका विषयमा दक्षिण कोरिया र जापानका राजदूतसँग भेटवार्ता गर्न उनी शुक्रबार सिंगापुर जान लागेका हुन्। उनले यही शुक्रबारदेखि आइतबारसम्म सो भेटघाट गर्ने समाचारमा जनाइएको छ।

अमेरिकी विदेश मन्त्रालयले बुधबार सो जानकारी गराएको हो। सो प्रयोजनका लागि अमेरिकी विशेष दूत स्टेफन बेइगन सिंगापुर जानुहुने जानकारी गराइएको छ।

उनले सिंगापुरमा दुई दिनसम्म सो भेटवार्ता गर्ने पनि अमेरिकी विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ।

स्टेफनले दक्षिण कोरियाका राजदूत लि डुहोनसँग भेट गर्ने छन्। त्यसैगरी जापानी विदेश मन्त्रालयको एसिया तथा प्रशान्त क्षेत्रीय ब्यूरोका महानिर्देशक केन्जी कान्साउगीसँग भेटवार्ता गर्ने छ।

ती भेटहरुमा उत्तर कोरियाको निशस्त्रीकरणसम्बन्धी विषयमा कुराकानी गर्ने बताइएको छ। उत्तर कोरियाको निशस्त्रीकरणसम्बन्धमा गएको केही समययतादेखि उत्तर कोरियाली अधिकारीहरुसँग विभिन्न पक्षले वार्ता गरिरहेका छन।

उत्तर कोरियाको निशस्त्रीकरणका विषयमा संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच दुई पटक सम्म शिखर वार्ता भएको छ। पहिलो पटक सिंगापुरमा र पछिल्लो पटक गत फेब्रुअरी महिनाको २७ र २८ तारिखमा भियतनामको हनोइमा वार्ता भएको थियो।

ती वार्ताहरुमा निशस्त्रीकरणको प्रतिबद्धता व्यक्त गरेको भनिएको उत्तर कोरियाले त्यसका लागि पहल जारी नै राखेको बताएको छ। तर अमेरिकाले भने ती वार्ताहरुमा भनिएजस्तो उत्तर कोरियाले प्रतिबद्धता अनुरुप निशस्त्रीकरणको कार्य गर्न नसकेको बताएको छ।

गत फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हनोईमा भेटवार्ता भएको थियो। बुधबार अमेरिकी विदेश मन्त्रालयमा भएको एक प्रेस भेटघाटका क्रममा उक्त मन्त्रालयका प्रवक्ता मोर्गन अर्टागस्ले अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीचको सम्बन्धलाई राम्रो बनाइराख्ने विषयलाई प्राथमिकतामा राखेको बताए।

उता उत्तर कोरियाले भने आफूले यसअघिका शिखर वार्ताहरुमा व्यक्त गरेका प्रतिबद्धताबमोजिम निशस्त्रीकरणका क्षेत्रमा काम गरिरहेको तर पनि यस विषयमा अमेरिका गम्भीर नरहेको प्रतिक्रिया दिने गरेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै