म्याग्दी, ७ जेठ । म्याग्दीको भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीमा रहेको मालिका आधारभूत विद्यालयलाई एक परिवारले छ लाख ५० हजार सहयोग गरेका छ ।
कम्प्युटर विषयको पठनपाठन सञ्चालनका लागि स्थानीय जेठीपार घरब्जा छन्त्यालको परिवारले उक्त सहयोग गरेको हो । छन्त्याल परिवारको सहयोगमा कम्प्युटर कक्षा सञ्चालनका लागि एककोठे पक्की भवन निर्माण भएको प्रधानाध्यापक खिममाया छन्त्यालले जानकारी दिए ।
विद्यालयमा सोमबार आयोजित कार्यक्रममा छन्त्याल परिवारले भवन र दुई थान कम्प्युटर हस्तान्तरण गरेको थियो । कक्षा ८ सम्मको पठनपाठन हुने विद्यालयमा कम्प्युटर विषयको कक्षा सञ्चालनको तयारी गरिएको छ । यहाँ ८० विद्यार्थी अध्ययनरत् छन् । १–५ तहको दरबन्दी अनुमति पाएको विद्यालयमा समुदायले चन्दा जुटाएर ६–८ तहको पठनपाठन सञ्चालन गरेका हुन ।
यसैगरी सो विद्यालयमा कक्षा कोठा भवन पुनःनिर्माण भएपछि टहरामा बसेर पढ्नुपर्ने विद्यार्थीको समस्या हटेको छ । चार वर्षअघिको गोरखा भूकम्पका कारण विद्यालयको पुरानो भवनमा क्षति पुगेपछि जस्तापाता र त्रिपालको टहरा बनाएर पठनपाठन सञ्चालन गरिएको थियो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, तत्कालीन जिल्ला शिक्षा कार्यालय र अमेरिकाको ग्लोबल न्यूटे«शन एण्ड इम्पावरमेन्ट (जिएनआई) को सहयोगमा सातकोठे भवन निर्माण भएको हो । “भवन भत्किएपछि चार महीनासम्म क्लबको चौरमा त्रिपाल राखेर पढाएका थियाँै । त्यसपछि अस्थायी टहरा बनाएर चार वर्षसम्म पठनपाठन सञ्चालन ग¥यौँ”, प्रअ छन्त्यालले भने “भवन बनेपछि टहरामा पढाउनुपर्ने बाध्यता हटेको छ ।”
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु २० लाख १६ हजार ५३२ अनुदान, विद्यालयको रु एक लाख ३१ हजार बराबरको नगद र समुदायको रु एक लाख बराबरको श्रमदानमा गत महीना दुईकोठे भवन निर्माण भएको थियो । यसअघि जिएनआई संस्थाको रु १२ लाखको आर्थिक सहयोग र स्थानीयवासीको रु एक लाख बराबरको श्रमदानमा दुईकोठे भवन निर्माण भएको थियो । त्यसैगरी तत्कालीन जिल्ला शिक्षा कार्यालयको रु १९ लाख अनुदानमा तीनकोठे भवन निर्माण भएको थियो । तीनवटै भवन भूकम्प प्रतिरोधी क्षमताका रहेको बताइएको छ ।
Related News
सम्बन्धित समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१