वालिङ, ५ जेठ । स्याङ्जा साहित्य प्रतिष्ठानले शनिबार तीन साहित्यकारलाई पुरस्कृत गरेको छ । प्रतिष्ठानले स्याङ्जाको भीरकोट–१ बयरघारीमा आयोजना गरेको स्रष्टा सम्मान तथा विशेष रचनावाचन कार्यक्रममा प्राज्ञ दधिराज सुवेदी, खगेन्द्र गिरी र अग्निकुमार पल्लवलाई पुरस्कृत गरेको हो ।
प्रतिष्ठानले ‘कालीगण्डकी साहित्य कला पुरस्कार २०७५’ बाट प्राज्ञ दधिराज सुवेदी, ‘यानिती गिरी स्मृति साहित्य पुरस्कार २०७५’ बाट बाँके नेपालगञ्जका वरिष्ठ साहित्यकार खगेन्द्र गिरी (कोपिला) र ‘आमा सुमित्रादेवी गिरी स्मृति साहित्य पुरस्कार २०७५’ बाट युवा साहित्यकार अग्निकुमार पल्लवलाई पुरस्कृत गरेको प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारीले बताए ।
विराटनगरमा रहेर नेपाली भाषा साहित्यको विशेषगरी समालोचना विधामा कलम चलाउँदै आएका प्राज्ञ सुवेदीलाई स्याङ्जा साहित्य प्रतिष्ठानले विसं २०५३ मा स्थापना गरेको ‘कालीगण्डकी साहित्य कला पुरस्कार २०७५’ बाट पुरस्कृत गरेको हो । प्रत्येक वर्ष प्रदान गरिने उक्त पुरस्कारको राशि रु १५ हजार ५०० रहेको छ ।
नेपालगञ्जमा रहेर नेपाली भाषा साहित्यको श्रीवृद्धिमा खेलेको योगदानको मूल्याङ्कन गर्दै ‘यानिती गिरी स्मृति साहित्य पुरस्कार २०७५’ बाट वरिष्ठ साहित्यकार खगेन्द्र गिरी (कोपिला) लाई पुरस्कृत गरिएको हो ।
नेपाली भाषा साहित्यका कविता, काव्य तथा गजल विधामा कलम चलाउने स्याङ्जाको वालिङका युवा साहित्यकार अग्निकुमार पल्लवलाई ‘आमा सुमित्रादेवी गिरी स्मृति साहित्य पुरस्कार २०७५’ बाट पुरस्कृत गरिएको छ ।
Related News
सम्बन्धित समाचार
हेमजा साहित्य प्रतिष्ठानमा चूडामणि खनालको स्मरण
अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
hero news full width
मुख्य समाचार
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१