लेखनाथ, ४ जेष्ठ । पोखरा–३० निवासी ५० बर्षीय मृगौला रोगबाट पीडित धर्मराज घर्ती भुजेललाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।भुजेलको उपचारमा सहयोग पुगोस् भन्ने उद्धेश्यले स्थानीय नारायणप्रसाद पौडेल मार्फत अष्टेलियामा अध्ययनरत विद्यार्थीबाट संकलित ५० हजार नौ सय ५० रुपैयाँ प्रदान गरिएको हो ।
सहयोग रकम हस्तान्तरण गर्दै पोखरा– ३० का वडाअध्यक्ष श्रीराम पोख्रेलले धर्मराजको भुजेलको उपचारका लागि स्थानीयहरुको तर्फबाट गरिएको सहयोगको प्रशंसा गरे ।उपचारको लागि सरकारको तर्फबाट उपलब्ध हुने सेवा सुविधा उपलब्ध गराउन वडाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता पोख्रेलले गरेका छन् ।
यस्तै सहयोग रकम उठाउन पहल गर्ने नारायण प्रसाद पौडेलले अष्टेलियामा अध्ययनरत छोरा बुहारीलाई भेट्न जाने क्रममा भुजेलको उपचारमा सहयोग गर्न रकम संकलन गरेको बताए । कार्यक्रममा स्थानीय टेकबहादुर नेपालीले पाँच् हजार, ज्ञानेन्द्र बजगाईले एक हजार, गंगा खनालले एक हजार एक सय, लक्ष्मी थापाले पाँच सय ५० रुपैंया सहयोग गरेका थिए ।
तीन वर्षदेखी मृगौला रोगबाट पीडित भुजेलका दुई छोरी, एक छोरा र श्रीमती छन । आफूले ज्याला मजदुरी गरेर कमाएको पैसाले घर चलाउनुका साथै श्रीमानको उपचार पनि गर्नुपरेको श्रीमाया घर्तीले बताइन । हप्ताको २ पटक डायलोसिस गर्नुपर्ने, महिनाको १ पटक रगत फेर्नुपर्दा उपचार गर्न सक्ने अवस्थामा आफू नरहेको बताइन् ।
मृगौला पीडित धर्मराजले सहयोग गर्नेप्रति धन्यवाद ब्यक्त गर्दै स्थानीयहरुको माया र सहयोगले नै आफू अहिलेसम्म बाँचिरहेको वताएका थिए । वोल्ने क्रममा भावविह्ल हुँदै उनले भने तपाईहरुको सहयोगले २,४ महिना बाँच्छु जस्तो लागेको छ । तपाईहरुलाई भगवान पशुपतिनाथले रक्षा गरुन ।
नियमित रुपमा डायलोसिस गराउँदै आईरहेका भुजेलले सरकारले मृगौला रोगीको लागि उपचार निःशुल्क भने पनि सुई, औषधि, रगत लगायतको नाममा पैसा खर्च हुने गरेको गुनासो समेत गरे ।
उनले आफुलाई सहयोग गर्न चाहनेले कामना विकास बैंकमा रहेको आफ्नो खाता नं. ०१७१२१०००७७४७१०००००१ मा सहयोग रकम जम्मा गर्न सक्ने वा आफ्नो मोबाईल नं.९८०४१०८००४ मा सम्पर्क गर्न सक्ने वताए ।
नारी विकास आमा समुह पोखरा ३० को संयोजनमा आयोजित कार्यक्रममा समुहकी उपाध्यक्ष भगवती पौडेलले धन्यवाद ज्ञापन गरेकी थिईन भने कार्यक्रमको सञ्चालन अध्यक्ष पार्वती पराजुलीले गरेकी थिईन ।
Related News
सम्बन्धित समाचार
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
hero news full width
मुख्य समाचार
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९