नेकपा जिल्ला सचिवले दिए पदबाट राजीनामा

एजेन्सी
वैशाख ११, २०७६
images_cms-image-000073004

बुटवल, ११ वैशाख । नेकपा रुपन्देही जिल्ला सचिव पदमा मनोनित दधिराम न्यौपानेले पदबाट राजीनामा दिएका छन् । पार्टी एकता प्रकृयामा असन्तुष्ट न्यौपानेले राजीनामा दिएका हुन् ।

नेकपा पार्टी एकता अन्तर्गत सोमबार घोषणा भएका जिल्ला कमिटीको नेतृत्वमा प्रदेश सभा सदस्य एवं नेकपा केन्द्रीय सदस्य न्यौपाने सचिवमा मनोनित भएका थिए । यसैगरी बुटवल उपमहानगरपालिकाका मेयर एवं पार्टी प्रदेश सदस्य शिवराज सुवेदी अध्यक्षमा मनोनित भएका थिए ।सुवेदीभन्दा न्यौपानेको राजनीतिक उचाइ माथि हो । न्यौपाने पूर्व माओवादी केन्द्रको पोलिटब्युरो सदस्य थिए ।

न्यौपानेले पार्टी केन्द्रले गरेको कार्य विभाजनप्रति असन्तुष्टि जनाउँदै मंगलबार पार्टी केन्द्रीय कार्यालयलाई इमेलमार्फत र प्रदेश इन्चार्ज एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई भेटेरै राजीनामा बुझाएका थिए । न्यौपानेले आफू प्रदेश सभाअन्तर्गतको उद्योग तथा वातावरण समितिको सभापति र पार्टी केन्द्रीय सदस्यसमेत रहेकाले जिल्ला सचिव पदमा नरहने जानकारी गराएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width