लायन्स पोखरा लेकसाइडमा ढकाल

एजेन्सी
वैशाख १, २०७६
goma_Fotor

पोखरा, ३० चैत। लायन्स क्लब अफ पोखरा लेकसाइडको आगामी कार्यकालका लागि एमजेएफ लायन गोमा ढकाल अध्यक्षमा निर्वाचित भएकी छन्।

क्लबको प्रथम उपाध्यक्षमा श्रीकृष्ण श्रेष्ठ, द्वितीय उपाध्यक्षमा झविलाल अधिकारी तृतीय उपाध्यक्षमा नवराज अधिकारी, सचिवमा कृतिबल्लव अधिकारी र कोषाध्यक्षमा भीमप्रसाद आचार्य चयन भएका छन्।

यस्तै, सहसचिवमा प्रेमप्रसाद सुवेदी, सहकोषाध्यक्षमा हुमादत्त रेग्मी, उपसचिव तथा सोसियल मिडिया डाइरेक्टरमा खिमबहादुर लामिछाने चयन भएको निर्वाचन संयोजक नवराज अधिकारीले जनाए। वर्ष २०१८/१९ का अध्यक्ष बलराम पहारीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष सोमबहादुर थापा, जोनपर्सन जगन्नाथ तिमिल्सिना र बिन्दु श्रेष्ठले शुभकामना मन्तब्य राखेका थिए।

उक्त कार्यक्रममा पिआरओ टीकाराम सापकोटा, लायन्स क्लब अफ समृद्धिका अध्यक्ष कुश्मा राणा, लायन्स क्लब अफ पोखरा समर्पणका अध्यक्ष मीना लाभाजुले नयाँ कार्यसमितिलाई शुभकामना तथा बधाई ज्ञापन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width