नौमतीबाजा सहितको उद्यान निर्माण शुरु

rss रासस
चैत्र २४, २०७५
images

पोखरा,२४ चैत । विभिन्न उत्सव, चाडपर्व, शुभकार्य तथा सभासमारोहमा बजाइने नौमती बाजा प्रवद्र्धन गर्ने उद्देश्यले ती बाजाको ठूलो आकारको आकृतिसहित उद्यान निर्माण गरिने भएको छ ।

स्थानीय पर्यटन प्रवद्र्धन समितिको पहलमा कास्की माछापुच्छ«े गाउँपालिका–६ धितालस्थित पोखरी डाँडामा सो उद्यान निर्माण शुरु गरेको समितिका अध्यक्ष सुनिल दाहालले बताए ।

नेपाली मौलिक संस्कृतिको रुपमा रहेको पञ्चेबाजा तथा नौमतीबाजाको प्रचलन केही वर्षयता घट्दै गएपछि यसको प्रवद्र्धन गर्न दमाहा, सनही, नरसिंहा, कर्नाल, ढोलक र ट्याम्केको आकृति सहितको उद्यान निर्माण गर्न लागिएको उनले बताए ।

चालू आर्थिक वर्ष्भित्रमै निर्माण सम्पन्न गर्ने गरी उद्यानको लागि जमीन समथर बनाउने र तामाको स्वरुपमा नौमती बाजाको आकृति निर्माणको काम भइरहेको समितिले जनाएको छ । “संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विनियोजित रु १५ लाख बजेटबाट सो काम शुरु गरिएको छ”, अध्यक्ष दाहालले भने “नौमती बाजाको प्रयोग अहिले घट्दो छ । नयाँ पुस्ताले बाजा सुन्न त परै जाहोस् देख्न पनि पाएका छैनन् । त्यसैले सार्वजनिकस्थलमा राखेर भए पनि यसको प्रवद्र्धन गर्दै यसलाई पर्यटकीय गन्तव्य बनाउँछौँ”

समितिले करीब २० रोपनी जमीनमा बाजासहितको उद्यान निर्माण गर्न लागेको हो । मर्दी हिमाल पदयात्रामार्गमा पर्ने यो ठाउँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको छ । पोखराबाट ४५ मिनेटको दुरीमा पुगिने यस ठाउँबाट अन्नपूर्ण हिमशृङ्खला, पोखरा बजार तथा गाउँपालिकाका विभिन्न वडाको दृश्यावलोकन गर्न सकिन्छ ।

समितिका सचिव सोमनाथ ढुङ्गानाले बाजासहितको उद्यान निर्माणपछि पर्यटकको बसाइँ लम्बाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘पर्यटकका लागि प्रमुख गन्तव्य रहेको यस क्षेत्रमा यस्ता उद्यानको निर्माणले थप आकर्षित र आनन्दित बनाउने विश्वास लिएका छौं’, उनले भने ।

Related News

सम्बन्धित समाचार

    • भेट्रान फुटबलमा २८ टिम

      Avatar आदर्श समाज सम्वाददाता फागुन १९, २०७७
      पोखरा । चौथो स्वर्गीय रञ्जित गुरुङ स्मृति तथा १० औं बगर भाइ खलक भेट्रान्स एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता फागुन २४ बाट…
    • बिटी कपमा प्रिक्वाटरका खेल जारी

      Avatar आदर्श समाज सम्वाददाता फागुन १९, २०७७
      पोखरा । ‘चौथोे विरेन स्मृति १४ औं बिटी कप सेभेन ए साइड नकआउट अन्तर क्लब फुटबल प्रतियोगितामा बुधबार प्रिक्वाटरफाइनलका ७…
    • चितवन सुपर जनरल क्रिकेट लिगको सेमिफाइनलमा

      Avatar आदर्श समाज सम्वाददाता फागुन १९, २०७७
      पाेखरा । चितवन क्रिकेट क्लब पोखरा रंगशालामा जारी सुपर जनरल अन्तर क्लब टी–२० क्रिकेट लिग प्रतियोगितामा समूह ‘क’ बाट सेमिफाइनलमा…
    • ‘चुल्ठो’ : कविताको खडेरीमा राहत

      धनबहादुर गुरुङ धनबहादुर गुरुङ फागुन १९, २०७७
      पोखरा, १९ फागुन । कवि, उपन्यासकार सहित्यकार सरस्वती प्रतीक्षाको भनाइ सापटी लिने हो भने, केही समय अगाडिसम्म पोखरामा कविताको खडेरी…
    • उपभोक्तालाई नै छैन वास्ता, राेकिएन ठग्ने ठगिने क्रम

      भरत काेइराला भरत काेइराला फागुन १९, २०७७
      पोखरा, १९ फागुन । कास्की लुम्ले काँडेको शुद्ध मह भनेर बेच्दै हिँडेको टोली केही समय अगाडि पस्र्याङमा भेटियो । जबकी…

    hero news full width

    sanil ads

    wordlink ads