पोखरा, १४ चैत। राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभर जनसंघर्षका कार्यक्रम संचालन गर्ने भएको छ।
पार्टीको चैत २ गतेको विस्तारित बैठकले हिन्दू राष्ट्र पुनस्र्थापनका लागि जनसंघर्षका कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो।
सो निर्णय अनुसार जिल्लाहरुमा जनसंघर्षका कार्यक्रम सार्वजनिक गरिएको छ। राप्रपा कास्कीले पोखरामा विहीवार पत्रकार सम्मेलन गरी जनसंघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको हो।
सो पार्टीले कास्कीमा चैत १६ गतेसम्म राजसंसथा र हिन्दू राष्ट्रका बारेमा प्रचारप्रसार गर्ने, चैत १७ देखि २३ गतेसम्म विभिन्न स्थानमा हस्ताक्षर संकलन गर्ने, चैत २८ गते पोखरा महानगरपालिकासहित कास्कीका गाउँपालिकामा १ घण्टा धर्ना दिने जनाएको छ।
त्यस्तै, बैशाख ५ गते धर्म निरपेक्षताका प्लेकार्ड जलाउने र बैशाख ८ गते सार्वजनिक चोकमा २ घण्टा सत्याग्रह गर्ने जनाइएको छ।
पत्रकार सम्मेलनमा राप्रपाका केन्द्रीय सदस्य कुलबहादुर गुरुङ ‘कुलु’, गण्डकी सचिव बरुणविक्रम राणा, कास्की जिल्ला उपाध्यक्ष जगतप्रसाद सुवेदी लगायतले सरकारका गतिविधि सन्तोषजनक नभएको बताए। राप्रपा कास्कीका अध्यक्ष डा. महेन्द्रबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रम पार्टीका केन्द्रीय प्रचार विभाग सदस्य सूर्य बास्तोलाले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
नारी दिवसमा एकल महिलालाई रातो टीका
म्याग्दी अन्नपूर्ण गाउँपालिकाकाे गाउँसभा वडा विभाजन गर्ने प्रस्ताव पेस
पाेखराकाे संगम टोलमा चौतर्फी गेट
मेलम्चीको पानीले वाग्मतीको बहाव बढ्यो
कुमाल बस्तीमा सुरु भयो उपचार
hero news full width
मुख्य समाचार
सुनसान ‘अष्ट्रेलियन क्याम्प’ अझै
नेकपा एकीकरणमा सर्वोच्चको धक्का : गण्डकी सरकार हाइसञ्चाेमा
फागुन २५, २०७७वालिङ महिलाले सामूहिक काम गरेर मनाए नारी दिवस
फागुन २४, २०७७धुम्बाराहीमा पूर्ववत् एमाले मुख्यालय
फागुन २४, २०७७जब देवघाटमा पत्नीले पतिलाई बाेकेर कुदे…
फागुन २४, २०७७पोखराको टुँडिखेलमा भेट्रान्स फुटबलको रौनक
फागुन २४, २०७७