नेपालकै लामो पुल शिलान्यास

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०७५
images

बागलुङ, ९ चैत । झोलुङ्गे पुलको धनी जिल्ला मानिने बागलुङ सदरमुकाम र पर्वत जिल्लाको पाङ जोड्ने नेपालकै सबैभन्दा लामो झोलुङ्गेपुल निर्माण हुने भएको छ ।

कालिगण्डकी माथि वन्न लागेको उक्त झोलुङ्गे पुलको एक कार्यक्रम बीच राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले शनिवार शिलान्यास गरेका छन् ।

बागलुङ र पर्वत जोड्ने नेपाल कै सबैभन्दा लामो पुल बनाउन आफुले महत्वपूर्ण भूमिका निभाएको अध्यक्ष तिमिल्सिनाले बताए । नेपालमा प्रबिधि नभएको बेला बिदेशबाट नयाँ प्रविधि ल्याएर काम गर्ने जुन उत्साह आएको छ, उनले भने –निर्माण ब्यबसायीलाई सबैले काम गर्ने वातावरण मिलाईदिन उनले आग्रह गरे ।

प्रहरी, प्रमुख जिल्ला अधिकारी लगायत कसैले पनि निर्माण व्यवसायीसँग चन्दा माग्ने गाडीमा तेल राखिदिनु प¥यो भनेर माग्ने काम नगर्न समेत उनले निर्देशन दिएका छन् । ५६७ मिटर लामो पुल निर्माण गर्न सस्पेन्सन पुल बिभाग मार्फत भएको बोलपत्र अनुसार कामको जिम्मेवारी थानी रबिएलटि रहिमशिखर जेभी निर्माण कम्पनीले संयुक्तरूपमा पाएपछि काम अगाडि बढेको बागलुङ नगरपालिकाले जनाएको छ ।

६ करोड ९१ लाख रूपैयाँ लागतमा निर्माण हुने पुल २०७७ साल असार मसान्तसम्ममा सक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।नेपालमा अहिलेसम्म धेरै पुलहरू निर्माण भए पनि ३ सय ६० मिटर भन्दा लामो बनेको छैन ।सस्पेण्डेड पुल पहिलोपटक बागलुङ र पर्वत जोड्ने गरि बन्न लागेको हो ।

यो पुल एशियामा नै पहिलो पुल भएको सस्पेन्सन पुल बिभागका इन्जिनियर टोप बहादुर बानियाँले बताए ।चीन बाट लठ्ठा तान्ने बिइन्च मेशीन खरिदको प्रक्रिया अर्थ मन्त्रालय मार्फत अगाडि बढाइएको छ ।

बागलुङ नगरपालिका वडा नम्बर १ सहिद पार्क र कुश्मा नगरपालिका वडा नम्बर १ पाङ अदुवावारी जोड्नेगरी निर्माण गरिएको पुल ५६७ मिटर लामो र १६० मिटर अग्लो हुनेछ ।

२०५९ सालदेखि नै बागलुङ र पर्वतको पाङ जोड्ने पुल निर्माणकार्यको लागि पटकपटक प्रयास भए पनि पुल लामो दुरीको भएको कारण लठ्ठा तान्ने प्रविधि नेपालमा नभएका कारण रोकिन पुगेको थियो ।

Related News

सम्बन्धित समाचार

  • भुइँमा राखेर बिरामीको उपचार

    रासस असाेज २८, २०८१
    तनहुँ । तनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेङ्गुका बिरामी बढेका छन् । अस्पतालको भुइँमा राखेर बिरामीको उपचार भइरहेको…
  • डेङ्गु लाग्दैमा नआत्तिन चिकित्सकको सुझाव

    रासस असाेज २८, २०८१
    पोखरा । चिकित्सकहरुले डेङ्गु सङ्क्रमण हुँदैमा नआत्तिन आग्रह गरेका छन् । अधिकांश सङ्क्रमित सामान्य उपचार र हेरचाहबाट निको हुने भन्दै…
  • पिङ संरक्षणमा जुटे युवा

    रासस असाेज २८, २०८१
    दमौली । विगतका वर्षका तुलनामा यस वर्ष तनहुँका ग्रामीण भेगहरुमा पिङ हाल्ने क्रम बढेको छ । दसैँका बेला भुइँ छाड्नुपर्छ…
  • गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुँदै

    रासस असाेज २८, २०८१
    काठमाडौं ।  मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन् ।…
  • हल्का वर्षाको सम्भावना

    रासस असाेज २८, २०८१
    काठमाडौं । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान…

hero news full width