रँगीन युवाक्लब झिवाखोलाले होली कार्यक्रम गर्ने

आदर्श समाज सम्वाददाता
चैत्र ३, २०७५
53412207-illustration-of-colorful-gulaal-powder-color-for-happy-holi

बाग्लुङ, ३ चैत । जिल्लाको निसीखोला गाउँपालिका स्थित रँगीन युवा क्लबले होली बिशेष कार्यक्रम गर्ने भएको छ ।

“विकाश गतिशीलता सामाजिक रुपान्तरण रंगीन युवाक्लबको प्रतिबद्धता” भन्ने मूल नाराकासाथ क्लबले विगतका बर्षमा जस्तै यसबर्षपनि आगामी चैत्र ५– ७ गतेसम्म विविध कार्यक्रमका साथमा होली पर्व मनाउने तयारी तीव्र पारेको क्लब सचिव राजमान बुढाले जानकारी दिए ।

रँगको पर्वको रुपमा खेलीने होलीलाई विगत देखिनै मनाउँदै आएको क्लबले यसबर्ष खुल्ला क्लब स्तरीय पुरुष महिला भलिबल, डवल जुनियर व्याडमिन्टन, रँगीन आइडल, नृत्य, लोकदोहोरी, माछा छोपाई प्रतियोगिता सहित राष्ट्रिय स्तरका चर्चित कलाकारको प्रस्तुति रहने क्लबका अध्यक्ष विमल शाहीले बताए ।

उक्त होली बिषेश कार्यक्रमको उद्घाटन निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले गर्ने बताइएको छ ।

Related News

सम्बन्धित समाचार

  • निशुल्क स्वास्थ्य शिविर

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०७९
    पोखरा । रोट्याक्ट क्लब अफ न्युरोड पोखरा, रोट्याक्ट क्लब अफ मणिपाल मेडिकल साइन्स र रोटरी क्लब अफ न्युरोड पोखराको संयुक्त…
  • महानगरकै नमुना सडक !

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०७९
    लेखनाथ । पोखरा २६ स्थित प्रगतिटोलको सडक ढलान तथा नाला निर्माण योजनाको सोमबार वडाध्यक्ष नरेन्द्र थापाले शुभारम्भ गरेका छन् ।…
  • घरपिच्छे मौरीको घार

    धनबहादुर गुरुङ मंसिर २१, २०७९
    पोखरा । चिटिक्क मिलेको गाउँ । थुम्कोमा भएकाले उत्तरतर्फ हिमालको दर्शन मज्जैले पाइने । भ्याएसम्मका डाँडा हेरेर नयन थाक्दैनन् ।…
  • अन्तरविद्यालय चित्रकला

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०७९
    पोखरा । सातौं पर्वतीय महोत्सवअन्तर्गत अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा अन्तरविद्यालयस्तरीय चित्रकला भएको छ । पर्वतीय महोत्सवको पूर्वसन्ध्यामा नेपाल पर्वतारोहण संघ र…
  • लैंगिक हिंसाविरुद्ध सचेतना र्‍याली

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०७९
    पोखरा । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले लैंगिक हिंसा न्यूनीकरणका लागि राष्ट्रव्यापी रुपमा १६ दिने अभियान सञ्चालन गरेको छ ।…

hero news full width