खेलकूद पर्यटन प्रवद्र्धनको मुख्य आधार : मन्त्री अधिकारी

Avatar आदर्श समाज सम्वाददाता
फागुन ९, २०७५
Rabindra Adhikari

पोखरा, ९ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले खेलकूद पर्यटन प्रवद्र्धनको मुख्य आधार भएको बताएका छन् ।

विहिबारदेखि पोखरामा शुरु भएको १७ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री अधिकारीले पोखरा पर्यटनमात्र नभई खेलकूदको समेत राजधानी भएको उल्लेख गरे । पोखरा रंगशालालाई सुविधा सम्पन्न बनाउन सरकारले आवश्यक प्रकृया अगाडि बढाएको मन्त्री अधिकारीको भनाई थियो । मन्त्री अधिकारीले त्यसका लागि तीनै तहका सरकारबीच समन्वय अपरिहार्य रहेको बताए ।

उनले सरकारले संघीय संरचनालाई प्रभावकारी र व्यवस्थितरुपमा अगाडि बढानुको साथै आवश्यक कानूनी संरचना तथा पूर्वाधार विकासमा जोड दिदै आएको उल्लेख गरे । अव मुलुक समृद्धितर्पm उन्मुख भएको मन्त्री अधिकारीको धारणा थियो ।

वर्तमान सरकार गठन गर्दा दुई प्रतिशत काम भएको पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल एक बर्षको अवधिमा २८ प्रतिशत काम भई सकेको मन्त्री अधिकारीले जानकारी दिए । तोकिएको समय भन्दा छ महिना अघि पोखरा विमानस्थलको सम्पूर्ण निर्माण कार्य सम्पन्न हुने दावी गरे । मन्त्री अधिकारीले पोखराको अन्तराष्ट्रिय विमानस्थल सन् २००० सम्ममा विमानस्थल निर्माण सम्पन्न हुने २०२१ जनवरीमा परीक्षण उडान गरि फेब्रुअरीदेखि सञ्चालनमा आउने उल्लेख गरे । उनले यसले गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

    • आवश्यक परे प्रदेशको नाम फेर्न सकिन्छ : सभामुख अधिकारी

      Avatar आदर्श समाज सम्वाददाता फागुन १६, २०७७
      पोखरा । गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले आवश्यकता परे गण्डकी प्रदेशको नाम प्रदेशसभाबाट २ तिहाइले फेर्न सकिने बताएका छन् ।…
    • स्कुल टिकाउन विद्यार्थी वन्धक !

      Avatar आदर्श समाज सम्वाददाता फागुन १६, २०७७
      पोखरा । बालबालिकालाई शारीरिक र मानसिक यातना दिएको आरोपमा मादी गाउँपालिका वडा ६ बाट एक शिक्षक पक्राउ परेका छन् ।…
    • नृत्य र गायनमा सप्तरंगी प्रतिभाको खोजी हुने

      Avatar आदर्श समाज सम्वाददाता फागुन १६, २०७७
      पोखरा । गण्डकी प्रदेशस्तरीय नृत्य र गायनमा प्रतिभाको खोजी हुने भएको छ । गण्डकी प्रदेश सरकार सामाजिक मन्त्रालयसँगको सहकार्यमा सप्तरंगी सास्कृतिक…
    • नाइकेको विषयमा कारागार भित्रै झडप

      सविन लामिछाने सविन लामिछाने फागुन १६, २०७७
      दमौली  । कारागारमा नाइकेको विषयलाई लिएर विवाद  हुँदा आइतबार तनहुँ जिल्ला कारागारमा २ कैदी समूहबीच झडप हुँदा  ६ जना  घाइते…
    • संसद बैठकः सत्तापक्षको बेन्च झमेला

      rss रासस फागुन १६, २०७७
      काठमाडौँ, १६ फागुन | सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापनाको आदेशानुुसार प्रतिनिधिसभाको सातौँ अधिवेशन अबको आठ दिनभित्रै बस्दैछ । मन्त्रिपरिषद्को शुुक्रबारको बैठकले…

    hero news full width

    sanil ads

    wordlink ads