शिक्षा सेवामूलक हुनुपर्छ : प्रदेश प्रमुख कुँवर

आदर्श समाज सम्वाददाता
माघ २०, २०७५
fisttail_Fotor

पोखरा, १९ माघ । पोखरा पार्दीस्थित फिस्टेल एकेडेमीले आफ्नो २५ वर्ष पूरा गरेको अवसरमा शनिबार रजतजयन्ती मनाएको छ।

गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले शनिबार समारोह उद्घाटन गर्दै शिक्षाको क्षेत्रमा विद्यालयले पुर्याएको योगदान महत्वपूर्ण रहेको बताए। देशको शिक्षा विकासमा निजी विद्यालयको भूमिका महत्वपूर्ण रहेको हुँदा शिक्षालाई ब्यावसायिक र नाफामूलकभन्दा सेवामूलक बनाउनु पर्ने उनको जोड थियो ।

उनले विद्यालयको गुणस्तरलाई अझै उच्च राख्दै सामुदायिक विद्यालयको सशक्तिकरणमा सरकारले ध्यान दिनुपर्ने र त्यही अनुसार नीति निर्माणको आवश्यकता औल्याए।

नेपाल सरकारका सचिव एवं कामु महालेखा नियन्त्रक सूर्यप्रसाद गौतमले शिक्षा सैद्धान्तिकभन्दा बढी ब्यवहारिक र प्राविधिक हुनुपर्ने कुरामा जोड दिए । समृद्ध नेपाल निर्माणमा शिक्षाको विकास नै महत्वपूर्ण पूर्वाधार भएको र सबै बालबालिकालाई सबैभन्दा पहिले शिक्षाको पहुँचभित्र ल्याउने सरकारको प्राथमिकता रहेको बताए। सो अवसरमा गण्डकी प्रदेशका सांसदद्वय कृष्ण थापा र कुमारबहादुर खड्का, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, अभिभावक प्रकाश बराल, पूर्व विद्यार्थी एवं नागरिक उड््ययन कार्यालय पोखराका अधिकृत विश्व शर्मालगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।

विद्यालयका संस्थापक प्राचार्य चिनु रानाभाटले गुणस्तरीय शिक्षाका लागि सधैँ लागिपरेको र मेहनत अनुसारको नतिजा हासिल गर्दै गएको भन्दै आगामी दिनमा विद्यार्थीको सर्वाङ्गीण विकासका लागि प्रविधिमैत्री शिक्षालाई जोड दिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।  कार्यक्रममा समाज तथा शिक्षा विकासमा महत्वपूर्ण योगदान पुर्याउने वरिष्ठ शिक्षासेवी रामबहादुर ढकाल, राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य खड्कबहादुर रानाभाट, युवा गायक विनोद बानियाँ, नेपाल सरकारका कामु महालेखा नियन्त्रक सूर्यप्रसाद गौतमलाई प्रदेश प्रमुख कुँवरले सम्मान गरेका थिए।

कार्यक्रममा विभिन्न विधामा विजयी विद्यार्थीलाई पुरस्कृत गरिएको थियो। विद्यार्थीले नेपाली भाषा संस्कृति र राष्ट्रभावना झल्कने विभिन्न सांस्कृतिक प्रस्तुति समेत राखेका थिए।  विद्यालय व्यवस्थापन समिति अध्यक्ष अञ्जु बस्नेत रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत विद्यार्थी सजिता गुरुङले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • सामाजिक सुधारक माधव पौडेलको स्मरण

    आदर्श समाज सम्वाददाता असाेज ५, २०८०
    पोखरा । माधवप्रसाद पौडेल स्मृति प्रतिष्ठानको १५ औं साधारण सभा तथा ३० औं स्मृति दिवस बिहीबार सम्पन्न भयो । सभाको…
  • गणेशमान सिंहको स्मृति दिवस

    आदर्श समाज सम्वाददाता असाेज ५, २०८०
    पोखरा । गणेशमान सिंह फाउन्डेसन कास्कीको आयोजनामा मंगलबार सिंहको २६ औं स्मृति दिवस मनाइएको छ । त्यस अवसरमा प्रवचन कार्यक्रम…
  • यातायात पत्रकारिता पुरस्कारबाट ऋषिकान्त सम्मानित

    आदर्श समाज सम्वाददाता असाेज ५, २०८०
    पोखरा । यातायात व्यावसायिक पत्रकारिता पुरस्कार–२०८०’ बाट ऋषिकान्त पौडेल सम्मानित भएका छन् । पोखरा यातायात प्रालिले नेपाल पत्रकार महासंघ कास्कीको…
  • खुल्यो मोहोरियामा कृषि सहकारी

    आदर्श समाज सम्वाददाता असाेज ५, २०८०
    लेखनाथ । पोखरा वडा ३० र ३१ को संगमस्थल मोहोरीयामा मोहोरीया कृषि सहकारी संस्था लि. सञ्चालनमा आएको छ । पोखरा…
  • जापानमा मौलिक फोटो प्रतियोगिता

    आदर्श समाज सम्वाददाता असाेज ५, २०८०
    पोखरा । कास्की पोखरा समाज जापानले मौलिक फोटो प्रतियोगिताको पुरस्कार वितरण गरेको छ । सोही अवसरमा नेपाली दिदीबहिनीलाई दर समेत…

hero news full width