पहारी कुल संरक्षणमा गोविन्दराज

Avatar आदर्श समाज सम्वाददाता
पौष १२, २०७५

पोखरा, ११ पुस । पहारी कुल संरक्षण समिति कास्कीमा गोविन्दराज पहारीको अध्यक्षतामा १९ सदस्यीय नयाँ समिति चयन गरिएको छ ।

समितिको उपाध्यक्ष दुर्गादेवी पहारी, सचिव जगतबहादुर पहारी, कोषाध्यक्ष परशुराम पहारी र सहसचिव नारायण पहारी छन् ।

सदस्यमा ज्ञानेन्द्रप्रसाद, बासु, बाबुराम, चित्रबहादुर, खेमबहादुर, गोविन्दबहादुर, टेक, महेश्वर, केशव, लोकराज, हरिकृष्ण, हेमा, सीता र पुष्पा घले पहारी छन्।

सल्लाहकारमा प्रेमराज पहारी, रामराज, डा भरतराज, गुरुदत्त, नारायण, वेदराज, हरिकला र अनुषा पहारी चयन भए ।

नवनिर्वाचित अध्यक्ष गोविन्दराज पहारीले पहारीहरुको उत्थान, विकास, कुल र संस्कृति संरक्षणमा समितिले योजना बनाएर काम गर्ने बताए। उनले कुलका विपन्न विद्यार्थीलाई सहयोग, आर्थिक उत्थानका लागि सहकारी, वंशावली निर्माण, संस्कृति, परम्परा संरक्षण गर्न समिति लाग्ने जानकारी दिए ।

हाम्रो सुझाव

सुनसरीमा स्वतन्त्रको वीसौं शाखा, अध्यक्षमा कार्की

भरतपोखरीमा ४७ जनाद्वारा रक्तदान

गुणस्तरीय शिक्षा प्रदान गर्न बस सेवा

प्रमुख समाचार

सुनसरीमा स्वतन्त्रको वीसौं शाखा, अध्यक्षमा कार्की