पोखरा, २६ मङसिर।बौद्धिक सम्पत्तिको संरक्षणका लागि प्रदेश सरकारले यथाश्रि्र कानून बनाउनुपर्ने माग गरिएको छ।
प्रतिलिपि अधिकार र रोयल्टी व्यवस्थापनमा प्रदेश सरकारको भूमिका विषयमा पोखरामा बुधवार भएको अन्तरक्रियामा सहभागीले उक्त माग गरेका हुन्।
त्यस अवसरमा प्रमुख अतिथि सामाजिक विकास मन्त्री नरदेवी पुनले सरोकारवाला सम्बन्धित सबैको सहभागिता गराएर प्राप्त सुझावका आधारमा कानून निर्माण गरिने बताइन्।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालयका रजिष्ट्रार प्रकाश आचार्यले नेपालको संविधान २०७२ मा बौद्धिक सम्पत्तिलाई मौलिक हकको रूपमा लिइएको उल्लेख गरे। उनले, प्रतिनिधि अधिकारधनीहरूमा आफ्नो अधिकारको संरक्षण सम्बन्धमा जानकारीको कमी रहनु नै चुनौती रहेको बताए।
कार्यक्रममा गण्डकी प्रदेशका सभासद् राजीव पहारी, कास्कीका प्रुमख जिल्ला अधिकारी चक्रबहादुर बुढा, यातायात व्यवस्था कार्यालय गण्डकीका प्रमुख अच्युत रेग्मी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलगायतले मन्तव्य राखेका थिए।
संगीत उत्पादक समाजका अध्यक्ष निर्मल ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रस्तोता समाजका उपाध्यक्ष शिव हमालले स्वागत तथा संगीत रोयल्टी संकलन समाजका महासचिव सगीतकार महेश खड्काले सञ्चालन गरेका थिए।
कार्यक्रम राष्ट्रिय दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपानेको संयोजकत्वमा भएको थियो।
Related News
सम्बन्धित समाचार
बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
आलु खेतीमा कास्कीको फड्को
नेपालमा पहिलो पल्ट समलिंगी विवाह
राष्ट्रियसभा निर्वाचन माघ ११ गते
hero news full width
मुख्य समाचार
संसदमाथि सरकार हावी भयो : देवकोटा
केपी ओली कप क्रिकेट : विभागीयलाई चुनौती दिएको मधेश च्याम्पियन
मंसिर १६, २०८०कालिका सहकारीका सञ्चालक थप ७ दिन थुनामा
मंसिर १५, २०८०केपी ओली क्रिकेटमा मधेश प्रदेश च्याम्पियन
मंसिर १५, २०८०राष्ट्र संघीय जलवायु सम्मेलन सुरु, अमेरिका र चीनका राष्ट्रप्रमुख अनुपस्थित
मंसिर १४, २०८०हिसान कास्कीको स्पोर्टस् मिटमा उत्साहजनक सहभागिता
मंसिर १४, २०८०