पोखरा, २५ मंसिर । गण्डकी विकास बैंकले सुर्खेतको वीरेन्द्रनगर शाखाको औपचारिक उद्घाटन गरेको छ।
प्रमुख अतिथि वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले शाखा उद्घाटन गर्दै आफ्नो तथा नगरपालिकातर्फबाट पूर्ण सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
बैंक सञ्चालक कृष्णबहादुर थापा क्षेत्रीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पत्रकार महासंघ सुर्खेत अध्यक्ष गणेश कञ्चन भारती, वीरेन्द्रनगर-६ का वडाध्यक्ष मोतीप्रसाद कँडेल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य तथा सुर्खेत उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष टेकबहादुर भण्डारीले सुर्खेतवासीसँग आत्मसाथ गर्दै बैंक अघि बढोस् भन्ने शुभकामना दिए।कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रेशमबहादुर थापाले बैंकले प्रदान गर्ने सेवासुविधा एवं बैंकको गतिविधिबारे जानकारी गराए।
बैंकले केन्द्रीय कार्यालयसहित विभिन्न ७७ वटा शाखा कार्यालयमार्फत विभिन्न सुविधा दिँदैआएको छ ।
बैंकले चालु आवको प्रथम त्रैमासमा संचालन मुनाफा १५ करोड ३० लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ भने सो अवधिसम्म निक्षेप २३ अर्ब ७२ करोड र कर्जा २१ अर्ब २४ करोड रुपैयाँ पुर्याएको छ। बैंकको निष्कृय कर्जा मात्रा न्यून छ।
Related News
सम्बन्धित समाचार
पोखरामा खुल्यो होटल पौवा
होटल पौवाको ११ औं शाखा पोखरामा
पाल्पा हाउस १० चैतमा उद्घाटन हुने
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
लगानी नहुँदा अर्थतन्त्र धरातलमा: प्रदेश प्रमुख
hero news full width
मुख्य समाचार
पालिका प्रमुख भन्छन् : तीनको सरकारबीच भएन सहकार्य
सांसदले बाँड्ने गरी प्रत्येक क्षेत्रमा २ करोड
चैत्र १०, २०७९गण्डकीमा शुक्रबार माओवादी सरकारबाट बाहिरिने, के गर्छन् खगराज ?
चैत्र ९, २०७९सेनाको संख्या तोक्ने स्वघोषित प्राज्ञले होइन : प्रधान सेनापति
चैत्र ९, २०७९डेढ महिनाअघि पति र जेठाजुको कुटाइले घाइते स्याङ्जाकी कमलाको मृत्यु
चैत्र ९, २०७९गण्डकीमा अब मुख्यमन्त्री को ?
चैत्र ९, २०७९