क्या. गुरुङद्वारा शवदाह स्थल निर्माण

Avatar आदर्श समाज सम्वाददाता
मंसिर २५, २०७५

पोखरा, २४ मंसिर। पोखरा-१, गाईघाटस्थित सुखवती बौद्धगुम्वा परिसरमा ट्रससहित शवदाहस्थल निर्माण गरिएको छ। अन्नपूर्ण गाउँपालिका-७ घर भै हाल पोखरा-१, लामपाटनमार्ग बस्ने क्या. धर्मसिंह गुरुङले निर्माणमा सहयोग गरेका हुन्। आफ्ना बाबुआमा रनबहादुर र होला गुरुङ तथा सम्पूर्ण पितृको स्मृतिमा निर्मित शवदाहस्थल विहीवार उद्घाटन गर्दै उनले २२ वर्षअघि विभिन्न व्यक्तिसँग ५/१० रुपैयाँ सहयोग संकलन गरी निर्माण शुरु गरेको स्मरण गरे।

टोलछिमेकको विकासमा स्थानीय एकजुट भएर अघि बढे जस्तोसुकै समस्या सजिलै समाधान गर्न सकिने उनले बताए । सुखवती बौद्धगुम्बा समिति सचिव माया गुरुङका अनुसार निर्माण गरिएको शवदाहस्थलमा १ लाख ९० हजार र ट्रस तथा गारो लगाउँदा २ लाख ७५ हजार गरी कुल ४ लाख ६५ हजार रुपैयाँ खर्च भएको बताइन् । निर्माणमा लागेको सम्पूर्ण खर्च क्या. धर्मसिंह गुरुङबाट सहयोग प्राप्त भएको उनले बताइन्। क्या. गुरुङले यो बाहेक गुम्बाको अन्य भौतिक निर्माणमा समेत ५ पाँच लाख रुपैयाँ बराबर सहयोग गरेको उनले बताइन् ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

सेवाग्राहीलाई सजिलो सहायता कक्ष

शिशु निकेतनमा उत्प्रेरणा तालिम

दलित मानसिकता तोड

प्रमुख समाचार

टीभीएस अपाचे पोखरा स्पोर्टस् अवार्ड मनोनयन सार्वजनिक