सरकारी सवारी दुरुपयोगको एउटा उदाहरणः गण्डकी प्रदेशसभा सचिव शम्भु खड्कालाई कार्यालय प्रयोजनका लागि उपलब्ध गराइएको ग १ झ ३४४ नम्बरको सरकारी पोलो गाडी सचिव खड्काले उपयोग नगरी अन्यले दुरुपयोग गरेको पाइयो। बिहीवार बिहान ११ : १५ बजे कार्यालय समयमा एक किशोर र दुर्इ किशोरी सवार उक्त गाडी बेगनास तालको पार्किङस्थलमा पुग्यो। गाडीबाट ओर्र्लिएर उनीहरु बेगनासतालतर्फ अगाडि बढे। त्यहाँ जम्मा भएका सञ्चारकर्मीले कसको गाडी र गाडीमा सवार किशोर, किशोरी को हुन् ? भनेर सोधखोज गर्दा उक्त गाडीमा सवार किशोर सचिवका छोरा रहेको र अन्य किशोरीलाई नचिनेको सवारी चालकले बताए। तस्विर : नारायण शाही/आदर्श समाज

आदर्श समाज सम्वाददाता
मंसिर २१, २०७५
late krishna maya rana

Related News

सम्बन्धित समाचार

hero news full width