शुक्लागण्डकीमा शुभकामना आदानप्रदान

आदर्श समाज सम्वाददाता
कार्तिक १८, २०७५

खैरेनीटार, १७ कात्तिक। शुक्लागण्डकी नगरपालिकाको आयोजनामा विजयादशमी, दीपावली, छठ, नेपाल सम्बत् र ल्होसार पर्व अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ ।

प्रमुख अतिथि प्रतिनिधिसभाका सदस्य केदार सिग्देलले हरेक धर्म संस्कृतिका समुदायले एकअर्काको धर्म संस्कृतिलाई सम्मान गर्नुपर्ने बताए। उनले चार्डपर्वले न्यानो एकता कायम गर्न सघाउने पनि बताए। प्रतिनिधिसभा सदस्य सिग्देलले यही संविधानलाई टेकेर देश समृद्ध हुने पनि जनाए।

कार्यक्रममा गण्डकी प्रदेश सदस्य आशा कोइराला, वरिष्ठ राजनीतिज्ञ शेषमणि आचार्य, नेकपा जिल्ला संयन्त्र सदस्य राजेन्द्रकेशरी न्यौपाने, शुक्लागण्डकी नगरपालिका उपप्रमुख सविता रसाईली, वडा ७ का वडाध्यक्ष रामबहादुर क्षेत्री थापा, नेकपाका रामचन्द्र उपाध्याय, नेपाली काँग्रेसका नगर सभापति माधव भट्टराई, नेकपा नगर संयन्त्रका सदस्य खुमबहादुर विक, राष्ट्रिय जनमुक्ति पार्टीका जयबहादुर थापा, खैरेनी माध्यमिक विद्यालयका प्रअ केशवराज घिमिरे, तनहुँ उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष हरिबहादुर थापा लगायतले बोलेका थिए।

वडाध्यक्ष कृष्णबहादुर पौडेलको अध्यक्षता रहेको कार्यक्रममा स्वागत वडा सदस्य बुद्धिबहादुर थापा र सञ्चालन सचिव कल्पना पौडेलले गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

hero news full width