पोखरा, २७ असोज। पोखरा रोयल सहकारी संस्था लि. को १७ औं साधारणसभा शनिवार सम्पन्न भएको छ।
सभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्य सचिव लक्ष्मीराम पौडेलले रोयलको गतिविधिबाट आफू प्रभावित भएको र रोयल नेपालकै नमूना सहकारी बन्नेमा आफू ढुक्क रहेको बताए।
पोखरा रोयलको साधारणसभा नितान्त बेग्लै तवरले सञ्चालन भएको थियो। कार्यक्रममा आसन र भाषणलाई न्यूनीकरण गर्दै साधारणसभा उद्घाटन सत्रमा कसैलाई पनि मञ्चमा आसन ग्रहण गराइएको थिएन। त्यस्तै वक्तामा प्रमुख अतिथिमात्र थिए।
सो अवसरमा स्वास्थ्यसम्बन्धी डा कालु शर्मा र सहकारीमा संरक्षित पुँजी फिर्ताको अभ्यासबारे नेफस्कुन प्राचार्य सञ्जयराज तिमिल्सिनाले प्रशिक्षण दिए।
यसैबीच, साधारणसभामा ७० उमेर पुगेका सेयर सदस्यलाई ज्येष्ठ सदस्य सम्मान, ७५ उमेर पुगेका सदस्यलाई वाषिर्क रुपमा प्रदान गरिने ५ हजार पेन्सन वितरण गरियो। संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत सिसी टिभी क्यामरा जडानका लागि जिल्ला सहकारी संघलाई २५ हजार प्रदान गर्यो।
विशेष सम्मानअन्तर्गत संस्थाले सञ्चालन गरेको प्रौढ शिक्षा पढेर एसर्इइ उत्तीर्ण गर्न सफल पूर्णकला र्घर्तीलाई र प्रदेश नीति तथा योजना आयोग उपाध्यक्षमा नियुक्ति भएकोमा सेयर सदस्य डा गिरिधारी शर्मा पौडेललाई सम्मान गरेको छ। वर्षको उत्कृष्ट सदस्य विश्वरत्न शाक्य र बबरजंग गुरुङ सम्मानित भए भने रोयल प्रतिभा पुरस्कारबाट सेयर सदस्यका छोरी श्रृंगार भट्टराईलाई ११ हजार रुपैयाँ सहित पुरस्कृत गरिएको थियो।
वर्षको सवोर्कृष्ट कर्मचारीको रुपमा ज्योति गुरुङलाई १५ हजार रुपैयाँ र एक ग्रेड थप गरी पुरस्कृत गरियो। चार हजार पाँच सय ५४ जना सेयर सदस्य भएको रोयलले १७ करोड ४२ सेयर, ७ करोड ८७ लाख जगेडा कोष, एक अर्ब निक्षेप, एक अर्ब आठ करोड ऋण लगानी गरी पाँच करोड ८० लाख रुपैयाँ सञ्चालन बचत गर्न सफल भएको छ। यस्तै संस्थाका कुल सम्पत्ति एक अर्ब ४४ करोड रुपैयाँ रहेको जनाइएको छ। पोखराको बुद्धचोकमा प्रधानकार्यालयसहित रोयलको दुर्इ सेवा केन्द्र संचालित छन्।
Related News
सम्बन्धित समाचार
वित्तीय साक्षरता तालिम
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
वित्तीय संस्था कर्मचारी संघमा याम
बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध व्यवसायी
चर्को ब्याजविरुद्ध पोखरामा रिले अनसन
hero news full width
मुख्य समाचार
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
माघ २४, २०७९पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
माघ २४, २०७९महानगरले सुरु गर्यो सशुल्क पार्किङ
माघ २४, २०७९६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
माघ २३, २०७९