पोखरा, २४ असोज। कास्कीको नयाँपुलमा नयाँ पेट्रोलपम्प सञ्चालनमा ल्याइएको छ। अन्नपूर्ण गाउँपालिका वडा ५ का अध्यक्ष समेत रहेका जीवनाथ पौडेलले पेट्रोल पम्प सञ्चालनमा ल्याएका हुन्।
पर्वत पातिचौरदेखि हेमजासम्म कतै पनि पेट्रोलपम्प नहुँदा गाडीलाई समस्या हुन थालेको गुनासो आएपछि समाधानका लागि पम्प शुरु गरेको उनले बताए। ‘यति लामो राजमार्ग छ। पेट्रोलपम्प नजिक छैन,’ उनले भने, ‘कहिलेकाहीँ बीचैमा तेल सकियो भने पोखराबाट झिकाउनुपर्छ। त्यसकै सहजताका लागि पम्प चलाएको हुँ।’ खासगरी नयाँपुल क्षेत्रलाई नै लक्षित गरी पम्प सञ्चालनमा ल्याएको पौडेल बताउँछन्।
साढे ३ करोड लागतमा ५ रोपनी क्षेत्रफलभित्र पेट्रोलपम्प सञ्चालन गरिएको हो। पम्पसँगै होटल समेत सञ्चालन गर्ने तयारी भइरहेको अर्का सञ्चालक लोकराज पौडेलले जानकारी दिए। ‘नौ रोपनीमध्ये ५ रोपनीमा पम्प छ। बाँकी क्षेत्रमा होटल सञ्चालन गर्ने योजना छ,’ उनले भने, ‘होटल निर्माणको काम पनि चलिरहेको छ।’ उनका अनुसार सहजताका लागि एटिएम समेत व्यवस्था गरिएको छ।
पैसा झिक्ने, जम्मा गर्ने र बिजुलीको पैसा तिर्ने व्यवस्था सहितको मेसिन राखिएको उनी बताउँछन्। ‘नयाँपुल क्षेत्रमा उपभोक्तालाई बिजुलीको पैसा तिर्न पोखरा पुग्नु पर्दैन। आफूसँग भएको पैसा डिपोजिट गर्न पनि मिल्छ,’ उनले थपे, ‘आईर्एमई गर्ने र पैसा निकाल्ने सुविधा पनि एउटै मेसिनमा छ।’
सो पेट्रोल पम्प बुधबार एक कार्यक्रमबीच पेट्रोलियम डिलर्स एशोसिएसन नेपालका अध्यक्ष लिलेन्द्रमान प्रधानाङ्गले उद्घाटन गरे। उनले पेट्रोलियम पदार्थमा हुने शुद्धतामा बढी ख्याल गर्नुपर्ने सुझाव दिएका छन्।
कार्यक्रममा नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले अपायक क्षेत्रमा पम्प सञ्चालन गर्दा उपभोक्तालाई सहज हुने बताए।
काँग्रेसका महासमिति सदस्य बाबुराम आचार्य, अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुवँर लगायतले गाडीको आयातसँगै त्यसको व्यवस्थापन र आवश्यक पेट्रोलियम पदार्थको व्यवस्थापन नभै नहुने बताए। पम्पमा डिजल र पेट्रोल गरि ५६ हजार लिटर भण्डारण क्षमता छ। खपतका आधारमा क्षमता बढाउन मिल्ने संचालकले बताए।
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१