लेखनाथ, २४ भदौ । बेगनास तालमा शनिवार भएको डुंगा दुर्घटनामा बेपत्ता सबै ६ जनाको शव फेला परेको छ ।
आइतबार बिहानैदेखि स्थानीयसहित सशस्त्रको गोताखोर टोलीले खोजी कार्य जारी राखेकोमा मध्यान्ह १२ बजेतिरमात्र नवलपरासी जिल्ला गैंडाकोटका ३२ वर्षीय रवि खनाल, उनका दुर्इ छोराहरु ७ वर्षीय शंकर र ८ वर्षीय शिव खनाल, तनहुँ भीमादका ५ वर्षीय रंजित गैह्रे, पोखराकी १८ वर्षीया मनिषा बजगाईं र ५ वर्षीय प्राचीन पौडेलको शव फेला परेको थियो ।
उद्धारमा संलग्न प्रहरी निरीक्षक किरण राउतका अनुसार सुरुवातमा शिवको शव तैरिरहेको अवस्थामा डुंगा डुबेको नजिकै फेला परेकोमा अन्तिममा उनका बाबु रविको शव फेला परेको हो । उद्धारमा सशस्त्रको गोताखोर टोली सहित नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले सहयोग पुर्याएका थिए ।
शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको डाँडाकोनाक प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक विष्णुवरसिंंह थापाले जानकारी दिए ।
शनिबार दिउँसो मध्याहृ डुंगा चढेर ताल पारी जानेक्रममा १० जना सवार डुंगा लिब्दी टुडाँनजिकै पल्टिएको थियो । जसमा शनिबार २ जनाको अकालमा ज्यान गएको थियो ६ जना बेपत्ता थिए । २ जनाको सकूशल उद्धार भएको थियो ।
दुर्घटनामा ज्यान गुमाउने अन्यमा तनहुँ भीमाद नगरपालिका वडा ५ की ३७ वर्षीया जमुना गैह्रे र पोखरा २८ कालिकाकी ५१ वर्षीया कृष्णकुमारी बजगाईं हुन् । तालमा डुबेकामध्ये नेपाली सेनामा कार्यरत रवि खनालकी २८ वर्षीया श्रीमती सपना खनाल र प्राचीनकी २२ वर्षीया आमा नीशा पौडेलको सकूशल उद्धार भएको हो ।
डुंगा गन्तव्यमा पुग्नुअघि करिव २ सय मिटर वर नै दुर्घटनामा परेको हो । डुंगा चढ्ने कसैले पनि लाइफ ज्याकेट लगाएका थिएनन् । यसैबीच सुरक्षाकर्मीले तालमा डुंगा चलाउँदा ५ जनाभन्दा बढी यात्रु चढ्न नपाउने जनाएको छ । साथै अनिवार्य रुपमा लाइफ ज्याकेट लगाउनुपर्ने विषयलाई कडाइका साथ पालना गर्न आग्रह गरिएको प्रहरी निरीक्षक रावतले जानकारी दिए ।
मेयर जिसीद्वारा दुख व्यक्त
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले बेगनासतालमा शनिबार भएको अकल्पनीय डुंगा दुर्घटनाप्रति दुख व्यक्त गरेका छन् ।
जिसीले आइतबार एक विज्ञप्ति प्रकाशित गरी घटनामा निधन भएकाको अमर आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
घटनामा घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै विज्ञप्तिमा डुंगा दुर्घटना भएर बेपत्ता भएकाकोे उद्धार र खोजीमा कुनै कुसर बाँकी नराख्न सम्बन्धित निकायलाई जिसीले आग्रह गरेका छन् ।
‘डुंगामा यात्रा गर्दा अपनाउनु पर्ने सावधानी नपनाउँदा वषेनी यस्ता दुर्घटना पटकपटक भएका छन्’, मेयर जिसीको विज्ञप्तिमा भनिएको छ, ‘दुर्घटनाप्रति महानगरको ध्यानाकर्षण भएको र जलयात्रामा अपनाउनुपर्ने सावधानी अपनाएर मात्र यात्रा गर्न आम नगरबासी र सबैमा अनुरोध गर्दछु ।’
Related News
सम्बन्धित समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१