मदरल्याण्डमा अन्तक्रिर्या

आदर्श समाज सम्वाददाता
भाद्र ५, २०७५
motherland

पोखरा, ४ भदौ । मदरल्याण्ड माध्यमिक विद्यालयले शिक्षक अभिभावक अन्तक्रिर्या सम्पन्न गरेको छ ।

कक्षा ३, ६ र ८ का कक्षा शिक्षक र अभिभावकबीच अन्तक्रिर्या गरिएको कार्यक्रममा सोही कक्षामा अध्ययन गर्ने बाबुनानीहरूका सम्पूर्ण अभिभावकहरूको उपस्थिति रहेको थियो। समयसापेक्ष भएको परिवर्तनबारे अभिभावकलाई जानकारी दिने, अभिभावकका चाहना र अपेक्षालाई बुझन तथा बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्‍याउन सो कार्यक्रम गरिएको बताइएको छ ।

कार्यक्रममा सम्बन्धित कक्षाशिक्षकले सहजीकरण गरेका कार्यक्रममा विद्यालयका निर्देशक त्रिभुवन शर्मा, प्राचार्य नारायण बराल, एकेडेमिक डीन प्रेमनारायण पोखरेल लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width