पोखरामा ट्रायथोलन हुने

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०७५

पोखरा, १० वैशाख । आठौं राष्ट्रिय ट्रायथोलन प्रतियोगिता पोखरामा हुने भएको छ । कास्की जिल्ला ट्रायथोलन संघको व्यवस्थापनमा नेपाल ट्रायथोलन संघले १५ वैशाखमा सो प्रतियोगिता गर्न लागेको पोखरामा सोमबार आयोजित पत्रकार सम्मेलनमा संघका जिल्ला अध्यक्ष सुमन देवकोटाले जानकारी दिए । खेलाडीले स्प्रिन्ट विधामा फेवातालमा ७ सय ५० मिटरको पौडी खेली बाराहीघाटदेखि मुस्ताङचोकसम्म चार ल्यापको २० किमी साइक्लिङ र ५ किमी दौड तथा दुवाथलनअन्तर्गत ५ किमी दौड २० किमी साइक्लीङ र २.५ किमी दौड गर्ने छन् । सो खेलबाट इण्डोनेशियाको जार्कातामा हुने १८ औं एशियाली खेलकुदका लागि समेत खेलाडी छनौट गरिने भएको छ । खेलमा १ सय जना खेलाडीको सहभागिता रहनेछ । जसमा १५ जना महिला खेलाडी रहनेछन् । खेल सम्पन्न गर्न करिब ८ लाख खर्च लाग्ने आयोजकले जनाएको छ । अध्यक्ष देवकोटाले राष्ट्रिय गौरवको रुपमा रहेको ट्रायथोलन खेल विकासको पहल भइरहेको बताउँदै पोखरामा राष्ट्रिय ट्रायथोलन एकेडेमी स्थापनाका लागि अध्ययन गर्न राखेपले २५ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिए । उनले पुम्दीभुम्दीमा एकेडेमी स्थापनाका लागि जग्गा खोजी भइरहेको समेत जानकारी दिए । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष खगराज पौडेलले सागमा नेपालले यो खेलबाट स्वर्णपदक पाउने विश्वास व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश स्क्वास ‍¥याकेट संघमा रञ्जित

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेश स्क्वास तथा ‍र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत निर्वाचित भएका छन् । संघको पोखरामा बिहीबार सम्पन्न…
  • खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा ‘खेल्छ गण्डकी’ मार्फत् सहारा एकेडेमीमा सञ्चालन भएको १४…
  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…

hero news full width