Worldlink ads

तमु सञ्चारकर्मी संघ नेपाल कास्की शाखामा शान्ति

आदर्श समाज सम्वाददाता
पौष ३०, २०७४
Hum Tamu

पोखरा, २९ पुस। विभिन्न सञ्चार माध्यममा क्रियाशील तमु पत्रकारको संगठन तमु सञ्चारकर्मी संघ नेपाल कास्की शाखाको तेस्रो वाषिर्क साधारणसभा तथा दोस्रो अधिवेशनले पुनः शान्ति गुरुङलाई अध्यक्षमा चयन गरेको छ।

संघको उपाध्यक्षमा युग गुरुङ, सचिवमा सुरोज  गुरुङ, सहसचिवमा कन्चन गुरुङ, कोषाध्यक्षमा शीला  गुरुङ, सदस्यमा पदम  गुरुङ, सुमन  गुरुङु, जीत  गुरुङ, खिमा  गुरुङ, बेल  गुरुङ र अस्मिता  गुरुङ चयन भएका छन्।  संघको संरक्षकमा मीना गुरुङ, कानूनी सल्लाहकारमा जूनाकुमारी  गुरुङ चयन भएका छन भने सल्लाहकारमा राजबहादुर गुरुङ, हुम गुरुङ, भुपाल गुरुङ, देवीजंग गुरुङ र खड्ग गुरुङ चयन भएका छन्।

नवनिर्वाचित कार्यसमितिलाई तमु सञ्चारकर्मी संघ नेपाल कास्की शाखाको कानूनी सल्लाहकार जूनाकुमारी गुरुङले पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी थिइन्। नवनिर्वाचित अध्यक्ष शान्ति  गुरुङले पत्रकारिताको विकास र एकताका लागि क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रममा तमु साहित्यिक मञ्चका अध्यक्ष गौरी गुरुङ, टप्स बोर्र्डिङ स्कुलका प्रिन्सिपल रत्नमान  गुरुङ, मदरल्याण्ड माविका प्लस टुका इन्चार्ज एल.बि गुरुङ, तमु सञ्चारकर्मी संघ नेपालका केन्द्रीय सचिव रोसनी गुरुङ, जिफान नेपालका केन्द्रीय अध्यक्ष गिरिप्रसाद गुरुङ, कानूनी सल्लाहकार जूनाकुमारी गुरुङलगायतले शुभकामना दिएका थिए। साधारणसभामा सचिवको वाषिर्क प्रगति प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो।

तमु सञ्चारकर्मी संघ नेपाल कास्की शाखाका अध्यक्ष शान्ति गुरुङको अध्यक्षतामा भएको कार्यक्रको सचिव देवीजंग गुरुङले सञ्चालन गरेका थिए भने उपाध्यक्ष भुपाल गुरुङले स्वागत गरेका थिए।

यसैबीच, तमु सञ्चारकर्मी संघ नेपाल कास्की शाखाले प्रदान गर्ने तमु पत्रकारिता पुरस्कार यो वर्ष लामो समय पत्रकारितामा क्रियाशील पत्रकार हुम गुरुङलाई प्रदान गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि तथा पुरस्कारदाता मीना  गुरुङले शनिवार नगद राशी १० हजार र सम्मानपत्र प्रदान गरेकी हुन्।

Related News

सम्बन्धित समाचार

    • आमाको स्मृतिमा बास्तोला परिवारको अक्षयकोष

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । पोखरा ११, फूलबारीका रामचन्द्र बास्तोला र कृष्णप्रसाद बास्तोला (राजु) ले आमाको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् । उनीहरुले…
    • विश्व हिन्दू महासंघको पोखरामा महायज्ञ तयारी

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । विश्व हिन्दू महासंघ राष्ट्रिय समिति कास्कीको आयोजनामा ॐकार सनातन वैदिक धर्म संकल्प महायज्ञ एवं श्रीमद्भागवत् धर्म जागरण विराट…
    • पोखरामा खसी बजारमा अनुगमन

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । चाडपर्वमा उपभोक्ता ठगिएको गुनासा आएपछि पोखरा महानगरले बजार अनुगमन सुरु गरेको छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा…
    • पाल्पाली समाज पोखराको शुभकामना आदानप्रदान

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । पाल्पाली समाज पोखराले दसैं, तिहार, नेपाल संवत, छठ अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। कार्यक्रममा पोखरा विश्वविद्यालयका पूर्व…
    • मेयर मानबहादुर जिसी पोखरा फर्के

      आदर्श समाज सम्वाददाता असाेज २३, २०७८
      पोखरा, २३ असोज । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी झण्डै २ महिनाको उपचारपछि पोखरा फर्केका छन् । उनी शनिबार पोखरा…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग