लायन्स पोखरा वर्किङ टुगेदरमा जनकराज पौडेल

आदर्श समाज सम्वाददाता
वैशाख ५, २०८१
lions working together

पोखरा। लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरको वर्ष २०२४/२५ अध्यक्षमा जनकराज पौडेल चयन भएका छन् । बुधबार अधिवेशनले क्लब उपाध्यक्षमा अमृतकुमार भण्डारी, द्वितीय उपाध्यक्ष सम्झना अधिकारी, सचिव श्रीराम तिमिल्सिना, कोषाध्यक्ष लक्ष्मण तिमिल्सिना, सहसचिव उत्सव भण्डारीलाई चयन गरेको छ ।

सर्भिस चेयरपर्सनमा अर्जुन पौडेल, फेलोसिप चेयरपर्सनमा बृहस्पति लम्साल, मेम्बरसिप चेयरपर्सन विनोद भुजेल, मार्केटिङ चेयरपर्सन सुशील आचार्य र लिडरसिप चेयरपर्सनमा प्रदीप खनाललाई चयन गरेको लायन्स क्लब ३२५ आईका रिजन चेयरपर्सन मणिप्रसाद डुम्रेले जानकारी दिए ।

हिमाल कलेज अफ म्यानेज्मेन्ट क्याम्पस, बगालेटोलको सभाहलमा क्लब अध्यक्ष सञ्जीव घिमिरेको अध्यक्षतामा भएको अधिवेशनमा क्लबका निवर्तमान अध्यक्ष वेदहरि सुवेदीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो ।

नवनिर्वाचित अध्यक्ष पौडेल यसअघि विभिन्न सामाजिक संस्थामा कुशल नेतृत्व गरिसकेका छन् । उनी हाल हिमाल कलेज अफ म्यानेज्मेन्ट क्याम्पसका प्रमुख समेत छन् । आफ्नो एकवर्षे कार्यकालमा लायन्सका तीन वटै कार्यक्षेत्र सेवा, भातृत्व एवं नेतृत्वको समानान्तर विकास गरी क्लबको गरिमा उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width