रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

आदर्श समाज सम्वाददाता
वैशाख ३, २०८१
rupa

पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो । बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौला र पालिका अध्यक्ष नवराज ओझाबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको पालिकाले जनाएको छ । अस्पतालबाट १ महिनामा सुरुआत गर्ने गरी बोर्ड र गाउँपालिकाबीच सम्झौता भएको अध्यक्ष ओझाले जानकारी दिए ।

कास्कीमा पालिकास्तरीय अस्पतालसँग बोर्डले पहिलो पटक सम्झौता गरेको हो । पालिकाभित्र १४ सय घरधुरी छन् । सबैलाई बिमासँग जोड्ने कार्यक्रम सञ्चालन गरिने उनले सुनाए । ‘अस्पताल पालिकाले नै निर्माण गरेको हो । एमबिबिएस डाक्टर दुईजना पालिकाले पालेका छौं,’ उनले भने, ‘१८ जना स्वास्थ्यकर्मी छन् । दैनिक ९० जनाजतिले उपचार लिन्छन् । बिमासँग जोडेपछि विपन्नहरुले सुविधा लिन पाउँछन् ।’

रुपाले १५ शड्ढयाको अस्पताल सञ्चालन गरिरहेको छ । यसबाहेक नागरिकलाई सहज बनाउन निशुल्क एम्बुलेन्स सेवा दिएको छ । घरदेखि पालिकास्तरीय अस्पतालसम्म लैजान निशुल्क सुविधा दिइएको र अस्पतालले रिफर गरेका बिरामीलाई ५ सय रुपैयाँ मात्रै शुल्क लिएर पोखरामा लैजाने गरेको ओझाले जानकारी दिए । हालसम्म पालिकाभरका १ हजार २ सय ३० जना स्वास्थ्य बिमा कार्यक्रममा जोडिएका छन् । बोर्डसँगको सम्झौतापछि १ लाखसम्मको उपचार बिमा नीति अनुसार हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width