प्रजातन्त्रवादी प्राध्यापक संघको अन्तक्र्रिया

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०८०
Pnc profeser

पोखरा । प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल, पृथ्वीनारायण क्याम्पस इकाइ समिति आयोजनामा ‘समसामयिक राजनीतिक अवस्थामा प्राध्यापकको भूमिका’ विषयक अन्तक्र्रिया भएको छ ।

अग्रज पत्रकार एवं राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले वर्तमान सत्ता गठबन्धनको धरातलीय यथार्थ, विदेशी शक्ति केन्द्रको स्वार्थ, देशभित्रको परिस्थिति लगायतका विभिन्न आयामबारे गहिरो चिरफार गरेका थिए ।

प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालका केन्द्रीय सचिव डा. विष्णु पोखरेलले विश्वविद्यालयको वर्तमान स्थिति, खुला प्रतिस्पर्धाको नाममा गरिएका अवान्छित चलखेल लगायतका विभिन्न पक्षबारे चर्चा गरेका थिए ।

कार्यक्रममा प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय उपाध्यक्ष कमलप्रसाद सापकोटा प्राडा कुसुमाकर न्यौपाने लगायतले बोलेका थिए । संघका अध्यक्ष देविलाल शर्मा तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मदनप्रसाद बरालले गरेका थिए ।

कार्यक्रममा पृथ्वीनारायण क्याम्पस र विन्दवासिनी संस्कृत क्याम्पसका करिब ४० जना प्राध्यापक सहभागी रहेको पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक विष्णुप्रसाद शर्माले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width