घिरिङमा नेतृत्व विकास तालिम सम्पन्न

आदर्श समाज सम्वाददाता
चैत्र २८, २०८०
ghiring

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकामा महिलाहरूको क्षमता बढाउने उद्देश्यले सञ्चालन गरिएको उद्घोषण तथा नेतृत्व विकास तालिम आइतबार सम्पन्न भएको छ । ३ दिनसम्म चलेको तालिम समापन समारोहमा घिरिङ पालिकाका अध्यक्ष होमबहादुर थापाले महिलाको अन्र्तनिहीत क्षमता उजागर गर्दै नेतृत्वको विकास गराउन तालिम निकै प्रभावकारी भएको बताए ।

घिरिङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले महिलाको बोल्ने शैलीमा आएको परिवर्तन तारिफयोग्य भएको बताए ।

गाउँपालिकाकी उपाध्यक्ष राधादेवी अधिकारीको अध्यक्षतामा भएको तालिम सञ्चारकर्मी गोविन्द थापा सिञ्जालीले सहजीकरण गरेका थिए । तालिममा ५ वटा वडाका ३४ जना महिलाको सहभागिता रहेको महिला विकास शाखा प्रमुख पुष्पा थापाले बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width