छोरेपाटन कृषि उपज सहकारीका सेयर सदस्यलाई प्रशिक्षण

आदर्श समाज सम्वाददाता
चैत्र २८, २०८०
chhorepatan sahakari

पोखरा । छोरेपाटन कृषि उपज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सेयर सदस्यलाई प्रशिक्षण दिएको छ । मंगलबार डेभिजफल टोल विकास संस्थाको सभाहलमा सेयर सदस्यलाई कृषि तथा उद्घोषण तालिम आयोजना गरेको हो । तालिममा ६५ जना सहभागी बनेका थिए ।

तालिममा सहजीकरण कृषि ज्ञान केन्द्र कास्कीका कृषि अधिकृत रामकृष्ण अर्याल र सञ्चारकर्मी राजाराम पौडेलले गरेको तालिम संयोजक तथा सहकारीको शिक्षा उपसमिति संयोजक युवराज भण्डारीले जानकारी दिए ।

कार्यक्रममा सहकारीले प्रकाशन गरेको नयाँ वर्ष २०८१ को भित्तेपात्रो विमोचनसमेत गरिएको सहकारीका अध्यक्ष कृष्णबहादुर थापाले बताए ।

अध्यक्ष थापाको अध्यक्षतामा भएको विमोचन समारोहमा सहकारीका सल्लाहकारत्रय हरिप्रसाद लम्साल, ईश्वरीप्रसाद लम्साल, दुर्गादेवी सुवेदीले बोलेका थिए । सेयर सदस्यकाबीचमा नयाँ वर्षको शुभकामना आदानप्रदानसमेत गरिएको कार्यक्रममा स्वागत उपाध्यक्ष ऋतुनाथ लम्साल र सञ्चालन सहसचिव कमल पौडेलले गरेका थिए ।

२०७६ साल असार १३ गते स्थापना भएको सहकारीमा हाल ५ सय ३० जना सेयर सदस्य रहेको अध्यक्ष थापाले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width