तमु सांस्कृतिक प्रतिष्ठानको प्रशिक्षण

आदर्श समाज सम्वाददाता
चैत्र २७, २०८०
Tamu Sanskritik Photo 1

पोखरा । तमु सांस्कृतिक प्रतिष्ठान नेपालले तमु विद्यार्थीहरूका लागि कानुनी सचेतना एवं वाक्कला प्रशिक्षण दिएको छ । पोखरा नदीपुरस्थित माउन्ट अन्नपूर्ण माविमा शनिबार प्रशिक्षण भएको हो ।

३० जना प्रशिक्षार्थी सहभागी भएको कार्यक्रममा कानुनी सचेतनासम्बन्धी नागरिक संवाद केन्द्र गण्डकीका प्रमुख अधिवक्ता जुनाकुमारी तमु र वाक्कला सम्बन्धी रेडियो नेपाल प्रादेशिक प्रसारण गण्डकीका उपप्रमुख शान्ति तमुले सहजीकरण गरेका थिए ।

संस्थाका सल्लाहकार एवं उपसचिव तेज च्हाक्ली तमु, कानुनी सल्लाहकार एवं व्यास विद्याश्रम बोर्डिङ स्कुलका फाउन्डर प्रिन्सिपल कर्णबहादुर तमु, संस्थाका निवर्तमान अध्यक्ष चिजकाजी तमु, संस्थाका अध्यक्ष चित्रबहादुर तमु र सचिव कञ्चन तमु, सदस्य लोकबहादुर तमुलगायतले तालिममा सिकेको ज्ञान र सीप दैनिक जीवनामा प्रयोग गर्न सुझाएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width