बगाले थापा क्षेत्री कुल देवता सेवा कार्यसमितिमा नरेशराज

आदर्श समाज सम्वाददाता
चैत्र २६, २०८०
committee

पोखरा । बगाले थापा क्षेत्री कुल देवता सेवा कार्यसमिति हेमजा अध्यक्षमा नरेशराज थापा निर्वाचित भएका छन् । संस्थाको अधिवेशनले प्रथम उपाध्यक्ष दीपक थापा, द्वितीय उपाध्यक्ष थिरबहादुर थापा, सचिव धीरज थापा, कोषाध्यक्ष राजेन्द्रबहादुर थापा, सहसचिव गौतम थापा चयन गरेको छ ।

सदस्यमा सञ्जय थापा, डम्बरबहादुर थापा, मीनबहादुर थापा, अस्मिता थापा, दीपेन्द्र थापा, सन्तोष थापा र रामबहादुर थापा छन् ।

प्रमुख अतिथि बगाले थापाका जिल्ला अध्यक्ष कृष्णबहादुर थापाले थापाहरू कुल संरक्षण र कुनै पनि कठिनाइमा एकसाथ अघि बढ्न र हरबखत कुनै पनि कार्यमा सेवा गर्न पछि नहट्ने बताए । कास्कीमा बगाले थापाका कुलमन्दिर ७ ठाउँमा रहेको र सबैभन्दा बढी कुलपूजा गर्ने बगाले थापा हेमजास्थित कुलमन्दिरमा रहेकोले कास्कीको कार्यसमिति भवन सोही ठाउँमा निर्माण गर्ने प्रतिबद्धता जनाए ।

लायन्सका पूर्व डिष्ट्रिकट गभर्नर एवं नाडाका निवर्तमान अध्यक्ष ध्रुव थापा, मदन थापा, रत्नकुमारी थापा लगायतले मन्तव्य राखेका थिए ।

ध्रुव थापाले कुलमन्दिरमा सिंढी बनाउन ५० हजार तथा कुलमन्दिर प्रवेशद्वार बनाउन सहयोग रहने बताए । मीनबहादुर थापाले ११ हजार र हरिबहादुर थापाले ५ हजार सहयोग गरे ।

सो अवसरमा कुलपूजाका धामीहरू र संस्थापक उपाध्यक्ष लालबहादुर थापालाई सम्मान गरिएको पत्रकार सञ्जय थापाले बताए ।

नरेश थापाको अध्यक्षतामा भएको कार्यक्रमका स्वागत मन्तव्य उपाध्यक्ष दीपक थापा र संचालन सहसचिव धीरज थापाले गरेका थिए ।

सचिव गणेश थापाले प्रगति प्रतिवेदन प्रस्तुत गरे भने कोषाध्यक्ष राजेन्द्र बहादुर थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । कोषाध्यक्ष राजेन्द्रबहादुरका अनुसार मन्दिरमा सिंढी, बाटो, तारजाली, पार्किङ लगायत कार्य बाँकी छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै