जता सत्ता उतै मनाङे

आदर्श समाज सम्वाददाता
चैत्र २५, २०८०
manage

पोखरा । गुण्डागर्दीको पृष्ठभूमिबाट राजनीतिमा होमिएका दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ पाँचौं पटक मन्त्री बनेका छन् । उनी २०७४ मा मनाङबाट सांसद भनेर सत्ता राजनीतिमा छिरेका हुन् ।

सक्रिय राजनीतिमा लागेपछि उनी जहिल्यै सत्ता गिराउने र टिकाउने निर्णायक नै बने । २०७४ को निर्वाचनमा मनाङबाट स्वतन्त्र चुनाव जितेका उनी मन्त्री बन्ने लोभमा एमाले छिरे । तर मन्त्री नबन्ने देखेपछि दल त्यागेर स्वतन्त्र बने । नभन्दै उनलाई बाहिर राखेर गण्डकीको सरकार गठन नहुने परिस्थिति बन्यो ।

तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनाङेलाई मन्त्रालय फुटाएर खेलकुद मन्त्री बनाइदिए । तैपनि गुरुङको सत्ता टिकेन । उनैले अल्पमतको सरकार चलाए । मनाङे उनको सारथि दोहोरिए । ३० दिनपछि विश्वासको मत लिन नसक्दा कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलेको नेतृत्वमा नयाँ सरकार बन्यो, मनाङेले बाजी मारे ।

मनाङे दोस्रो कार्यकालका लागि २०८९ मंसिरमा सर्वसम्मत् सांसद बने । मन्त्री बन्ने लोभमा उनी एकीकृत समाजवादी छिरेका थिए । तर गठबन्धनसँग सुविधाजनक बहुमत भएपछि उनको महत्व रहेन । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै गण्डकीमा पनि पाण्डे सरकार अल्पमतमा प¥यो । मनाङेले पार्टी छाडेको घोषणा मात्र गरेनन् । अल्पमतमा परेको पाण्डे सरकारमा भौतिक मन्त्री बने । चैत ५ मा पाण्डे सरकारमा मन्त्री बनेका उनी २० दिनपछि फेरि अधिकारी सरकारमा समेत दोहोरिए

Related News

सम्बन्धित समाचार

hero news full width