हरिबहादुर चुमान : मुख्यमन्त्री- मुख्यमन्त्री भन्ने मन्त्री खाने

आदर्श समाज सम्वाददाता
चैत्र २५, २०८०
chuman

पोखरा । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान प्रदेश सभामा दोस्रो कार्यकालका लागि नियुक्त भएका हुन् ।

पहिलो कार्यकालमा पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री हुँदा आन्तरिक मामिला मन्त्री भएका चुमान गुरुङ सरकार ढलेपछि मुख्यमन्त्री बन्ने कसरतमा लागे । उनको आवाज प्रचण्डले नसुनेपछि मुख्यमन्त्री बन्ने सवालै भएन ।

कृष्णचन्द्र नेपाली नेतृत्वको सरकारमा दलका उपनेता रामजी बराल जीवनको नेतृत्वमा ३ मन्त्रीसहित माओवादी समावेश भयो । दोस्रो कार्यकालमा निर्वाचित भएलगत्तै केन्द्रमा अध्यक्ष प्रचण्डले एमालेसँग मिलेर सरकार बनाए । त्यतिबेला पनि चुमानले मुख्यमन्त्रीका लागि प्रयास गरे । खगराज अधिकारी अगाडि सरेपछि चुमानको जोर चलेन ।

मुख्यमन्त्रीका लागि कुदेका चुमानले बजेटवाला भनेर चिनिएको भौतिक मन्त्रालयको नेतृत्वमा सिमित भए । तर त्यो गठबन्धन त्यति टिकेन । खगराज अधिकारीलाई दिएको समर्थन फिर्तासँगै माओवादी सरकारबाट बाहिरियो । कांग्रेस र माओवादीको गठबन्धनमा सरकार बन्ने पक्कापक्की भयो । त्यतिबेला पनि चुमानले मुख्यमन्त्रीका लागि सक्दो प्रयास गरे । तर सफल हुन सकेनन् । अन्तिम डेढ वर्षका लागि मुख्यमन्त्री हुने शर्तमा उनी पछि हटे । कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा चुमान सहभागी भएनन् ।

सुशीला सिंखडाको नेतृत्वमा २ मन्त्री पठाए । चुमानको मुख्यमन्त्री बन्ने पालो नआउँदै केन्द्रमा गठबन्धन फेरियो र चुमानको मुख्यमन्त्री बन्ने चाहान पूरा हुन पाएन । अहिले एमालेका खगराज अधिकारी नेतृत्वको सरकारमा उनी बिना विभागीय मन्त्री बनेका छन् । कुन मन्त्रालय पाउने हुन् त्यो त पछि नै थाहा होला ।

Related News

सम्बन्धित समाचार

hero news full width