मुख्यमन्त्री अधिकारीले लिए शपथ, चुमान र मनाङे सारथि

आदर्श समाज सम्वाददाता
चैत्र २५, २०८०
IMG_9046

पोखरा । मुख्यमन्त्री खगराज अधिकारीले माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद दीपक मनाङेलाई लिएर शपथ खाएका छन् । चुमान र मनाङेलाई हाल मन्त्रालयको जिम्मा दिइएको छैन ।

उनीहरुले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष आइतबारै शपथ लिएका हुन् ।

अधिकारीलाई प्रदेश प्रमुख भट्टलै आजै संविधानको धारा १६८ को उपधारा २ अनुसार नियुक्त गरेका थिए ।

त्यसअघि अधिकारीले आफूलाई ३१ जनाको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

यसैबीच संविधान विपरीत मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष बुझाइएको पत्रप्रति नेपाली कांग्रेस संसदीय दल गण्डकीले आपत्ति जनाएको छ ।

बहालवाला सभामुखलाई समेत गणना गरेर ३१ जना पुगेको भनेर गरिएको दाबी संविधान विपरीत रहेको दाबी दलका नेता सुरेन्द्रराज पाण्डेले गरेका छन् । दलका तर्फबाट प्रदेशप्रमुखलाई सोही अनुसारको ध्यानाकर्षण पत्र समेत बुझाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width